• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

नारायणगढ-बुटवल सडक बिस्तार: विद्युतका खम्बा नसारिँदा विस्तारमा समस्या

  •   सोमबार, फागुन ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा रहेका विद्युत्का खम्बा नहटाइँदा काममा ढिलाइ भएको छ । यस वर्ष गैँडाकोटको भेँडाबारी (गैँडाकोटबाट ११ किमी पश्चिम)बाट देवचुलीको प्रगतिनगरसम्म १० किमी सडक कालोपत्र गर्ने योजना भए पनि विद्युत्को खम्बाले समस्या परेको जनाइएको छ । “बस्ती क्षेत्रमा छ लेनको सडक बनाउने ठाउँमा विस्तार भएको सडक कालोपत्र गर्ने योजना रहेको छ”, नारायणगढ बुटवल सडक आयोजना (पूर्वी खण्ड)का प्रमुख रमेशकुमार दिष्टीले भन्नुभयो, “त्यो ठाउँमा विद्युत्को खम्बा सार्ने काममा ढिलाइ भइरहेका कारण कामसमेत प्रभावित भएको छ ।”

    सडक किनारमा बस्ती क्षेत्र हुँदै ३३ केभी, ११ केभी र विद्युत्को वितरण लाइनसमेत गएको हुँदा खम्बा सार्नै समस्या भएको आयोजना प्रमुख दिष्टीले बताउनुभयो । “सडक विस्तारसँगै कालोपत्र गर्ने भनिएको ठाउँमा दुई लाइन खम्बा गाड्नै समस्या छ”, दिष्टीले भन्नुभयो, “दुई वटा खम्बाका बीचमा कम्तीमा पनि चार मिटर ग्याप चाहिन्छ, त्यसैले त्यो ठाउँमा समस्या छ ।” नयाँ खम्बा गाड्न र पुराना खम्बा हटाउन समस्या भइरहेको दिष्टीले बताउनुभयो ।

    “हामीले नेपाल विद्युत् प्राधिकरणसँग समस्याको समाधान मागिरहेका छौँ, त्यो ठाउँमा भएका पुराना खम्बा नहटाइँदा कालोपत्र गर्नै समस्या भएको छ”, दिष्टीले भन्नुभयो, “खम्बा सार्ने काम त हामीले नै गर्ने हो तर विद्युत् प्राधिकरणले लागत अनुमान दिएअनुसार काम गर्नुपर्छ, उहाँहरुले पहिले दिनुभएको लागत अनुमानअनुसार काम गर्न अप्ठ्यारो भयो ।” ३३ केभीको प्रसारण लाइन एउटा खम्बामा र ११ केभीको प्रसारण लाइन अर्कोमा राख्नेगरी लागत अनुमान गरिएको भए पनि दुई खम्बा गाड्न समस्या भएको सडक विस्तार आयोजनाले जनाएको छ ।

    “यस क्षेत्रमा दुई वटा लागत अनुमान गाड्नेगरी लागत अनुमान भएको थियो, तर अहिले एउटा खम्बा मात्रै गाड्न सम्भव भएको छ”, दिष्टीले भन्नुभयो, “लागत अनुमानअनुसार काम गर्न ठाउँ भएन, हामी खम्बा गाड्न तयार छौँ तर उहाँहरुले काममा सहजीकरण गरिदिनुप¥यो ।” एउटै खम्बामा सबै तार कसरी लैजान कसरी मिल्छ त्यो विषयमा विद्युत् प्राधिकरणले भनिदिएको खण्डमा काम चाँडो हुने दिष्टीले बताउनुभयो । विद्युत् प्राधिकरणले दिएको लागत अनुमानअनुसार काम गर्न नसकिएपछि प्राधिकरणसँग दुई÷तीन चरणको छलफल भइसकेको भए पनि प्राधिरकरण बाटो फुकाउनतिर नलागेको दिष्टीले गुनासो गर्नुभयो ।

    आयाेजना प्रमुख दिष्टीकाअनुसार सडक विस्तारको काममा पछिल्लो एक महिनामा २.५ प्रतिशत प्रगति देखिएको छ । जनवरीसम्म करिब १० प्रतिशत काम भएको पूर्वी खण्डमा अहिले १२ प्रतिशतभन्दा बढी काम भएको दिष्टीले जानकारी दिनुभयो । सो सडकखण्डको गैँडाकोटदेखि दाउन्नेसम्म नै सडक विस्तारको काम भइरहेको उहाँले बताउनुभयो । “अहिले सडक विस्तारको काममा दैनिक करिब ७०० को हाराहारीमा मजदुर प्रयोग भइरहेका हामीले जानकारी पाएका छौँ”, आयोजना प्रमुख दिष्टीले भन्नुभयो, “अहिले धेरै जनशक्ति पुल निर्माणमा जुटेको छ ।”

    पूर्वी खण्डमा छ वटा ठूला पुल निर्माणको काम भइरहेको उल्लेख गर्दै उहाँले पुल निर्माणका लागि फाउण्डेशनको काम भइरहेको जानकारी दिनुभयो । त्यस्तै यस खण्डमा निर्माण हुने २२ साना पुलमध्ये १५ पुलमा निर्माणको काम भइरहेको दिष्टीले जानकारी दिनुभयो । “पूर्वी खण्डमा निर्माण हुने २२ साना पुलमध्ये दुई वटाको निर्माण सम्पन्न भइसकेको छ, आठ वटामा सुपरस्टकचर (पुलको माथिल्लो भाग ढलान)को काम सम्पन्न भएर माटो भर्ने काम हुँदैछ”, उहाँले भन्नुभयो, “बर्खा अगाडि १५ वटै पुल निर्माणको काम सक्न निर्देशन दिएका छौँ ।”

    अन्य नयाँ पुल निर्माणको काम सुरु नगरी निर्माण सुरु गरिएको पुलको काम सम्पन्न गर्न निर्देशन दिइएको दिष्टीले बताउनुभयो । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक विस्तारको काम भइरहेको हो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.