• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार अधिकारीलाई

  •   सोमबार, फागुन ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।   यस वर्षको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार ज्योति अधिकारीलाई प्रदान गरिएको छ । राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट प्रदान गरिने २० हजार राशीको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि परेका आवेदक मध्येबाट ‘नेपाल समय डटकम’ मा कार्यरत चितवनकी अधिकारी छनोट भएकी हुन् ।

    आज एक कार्यक्रमकाबीच गण्डकी प्रदेश विधायन समितिका सभापति तथा नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णू प्रसाद लामिछानेले पुरस्कार राशीसहित दोसल्ला र सम्मान पत्रले अधिकारीलाई सम्मान गनरेका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले राधाले समाजप्रति गरेको योगदान कहिल्यै भुल्न नहुने बताए । आफ्नो पिडा लुकाएरनै समाजपरिवर्तमा लागेकी राधाको सहस प्रति सम्मान व्यक्त गरेका छन् ।

    राधा क्यान्सर सचेतना फाउण्डेसनको सुझाव अनुसार नै गण्डकी प्रदेशमा महिलाहरुको पाठेघर र स्तन क्यान्सरको उपचार निशुल्क गरिएको उनले बताए । उनले भने ‘हामीलाई धेरै सुझावहरु दिनुभयो राधाको उपचारपनि नजिकै बाट देख्यौ हामीले पहल गरेर प्रदेशभरिका आमा दिदी बहिनीको पाठेघर र स्तनक्यान्सरको उपचार निशुल्क बनायौँ’।

    उनले पत्रकारिताको माध्यमबाट आवाज बुलन्द बनाएर पीडितहरुको पक्षमा लाग्न पत्रकारहरुलाई आग्रह गरे । यस्तै कार्यक्रममा  नवलपरासी वर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले हिंसामा परेका महिला तथा पुरुषका लागि सहयोग गर्न रकम विनियोजन गरेको बताए । उनले  जुनसुकै हिंसालाइ निरुत्साहित गर्न आफु सदैव तयार हुने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले हरेक अस्पतालमा क्यान्सर परिक्षणको सुविधा उपलब्ध गराउन पहल गर्नुपर्ने बताए । साथै उनले क्यान्सर अस्पतालमा बिरामीहरुले सहजै सेवा पाउन कठिन भएको बताए । उनले भने ‘क्यान्सर अस्पतालमा सहजै सेवा पाउन मुस्किल छ पहिलो स्टेजमा पुगेको बिरामी  उपचारकालागि पालो पर्खदा पर्खदै तेस्रो स्टेजमा पसग्छ यसको व्यवस्थापनमा प्रदेश सरकारले चासो दिनुपर्यो’उनले हिंसामा परेकाले न्याय पाउन समेत कानूनी जटिलता भएकाले हिंसा गर्नेहरुलाई कडा भन्दा कडा सजाय दिनुपर्ने बताए ।

    अहिलेको कानुन संसोधन गर्न आवश्यक रहेकोमा जोड दिए । फाउण्डेसनले स्व राधा बस्यालको जन्मजयन्तीमा हरेक वर्ष हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार उत्कृष्ठमध्ये एक जना पत्रकारलाई प्रदान गर्दै आइरहेको छ।  वि.स २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगतरुपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन ।

    समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन । राधाको निधनपश्चात फाउन्डेसनलाई उनका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिइरहेका छन् ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.