नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले जुवा खेल्नेहरुलाई पक्राउ गरेको छ। देवचुली नगरपालिका ३, घुमाउने बस्ने सुर्य बहादुर फाल मगरको घरमा जुवातास खेलिरहेको सुचना पाएपछि प्रहरी पुगेर नियनत्रणमा लिएको हो ।
सूचना अधिकारी डिएसपी दिलीप गिरीका अनुसार तीन बुक तास र नेपाली नगद रु.५१,८५५।(एकाउन्न हजार आठ सय पचपन्न) सहित ६ जनालाई पक्राउ गरी कानुन बमोजिम कारबाही भईरहेको गिरीले बताए । उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।








