हेटौंडा । कारोना भाइरसका कारण व्यवसायीहरु धरासायीमा परेको भन्दै थाहा नगरका व्यवसायीहरू पनि सडकमा उत्रिएका छन् । थाहानगर उद्योग वाणिज्य संघले शुक्रबार र्यालीको आयोजना गरि बैंक तथा वित्तीय संस्थाहरुलाई ध्यानाकर्षण गराएको हो । प्लेकार्डसहित थाहानगर उद्योग वाणिज्य संघको कार्यालयबाट सुरु भएको र्याली शिखरकोटस्थित कृष्ण मन्दिरमा पुगेर कोण सभामा परिणत भएको थियो । र्यालीमा ‘संकटको समयको माग एकअर्काप्रति मैत्रीपूर्ण व्यवहार, जीवन रहे आर्थिक दायित्व व्यहोरौंला, आत्महत्याको लागि दबाव दिन पाइदैन, व्यवसायीले आत्महत्या गर्ने दिन नआओस्, व्याज किस्ताको दबाब बैंकको अव्यवहारिक प्रयास, मसान्तमा आइदैन व्यवसायी मार्न पाइदैन’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए । कोणसभामा संघका अध्यक्ष कविराज खत्रीले व्यवसायीहरुले कारोना भाइरस र लकडाउनले व्यवसायमा पारेको असरका बारेमा स्पष्ट पारेका थिए ।








