हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको सचिवमा भिमसेन महत र इश्वरकुमार पाठक विजयी भएका छन् । जिल्ला अधिवेशनबाट सचिवमा महत र पाठक विजयी भएका हुन् ।
विजयी भएका दुबैजना महत र पाठक सभापतिका प्रत्यासी जयराम लामिछाने प्यानलबाट चुनावी मैदान थिए । सविचमा निर्वाचित महतले ८ सय १३ र पाठकले ७ सय ३५ मत प्राप्त गरे । यस्तै सचिवका अन्य उम्मेदवारमा यतिराज सापकोटाले ५ सय ४८, अर्जुनप्रसाद चौलागाईले ३ सय ९७, प्रदिप कोइरालाले ३ सय ६८ र मानबहादुर पाटा मगरले २ सय ५० मत प्राप्त गरेका छन् ।
यसैगरि सहसचिवमा इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईं ‘निशान’ विजयी भएका छन् । यसअघि,उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भईसकेका छन् । कठायत र लामिछाने दुबैले लामिछाने प्यानलबाट उम्मेद्वारी दिएका थिए ।








