हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ७ निवासी बिजय गौतम र विप्लब गौतमले ट्राफिक प्रहरीलाई २ थान ब्यारिगेट सहयोग गरेका छन् । ट्राफिक प्रहरीको लागि अत्यावश्यक रहेको ब्यारिगेट सहयोग गरिएको हो । आज जिल्ला ट्राफिक प्रहरी कार्यलयमा पुगेर गौतब बाबुछोराले सहयोग गरेका हुन् । ट्राफिक प्रहीले सबारी जाँचको कार्य हुँदैछ भन्ने सूचना दिनको लागि प्रयोग गर्ने ब्यारिगेट हस्तान्तरण गर्दै गौतमले प्रहरीलाई सहयोग गर्नु आम नागरिकको दायित्व भएको बताए ।








