• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नेपाली नारी समाज, पोर्तुगलले फरक तरिकाले मनायो यसवर्षको अन्तर्राष्ट्रिय नारी दिवस

  •   बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लिस्वन । फागुन २५ गत वर्षको तुलना यसवर्ष नेपाली नारी समाज पोर्तुगलले केही पृथक तरिकाले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । पछिल्लो समय र परिस्थितिलाई मध्यनजर गर्दै समाजले कैलालीमा सञ्चालित असाहाय, मानसिक रोगि, हिंसा पीडित, टुहुरा बालबालिका तथा महिलाहरु आश्रित करिव ५० जना लाई दृस्टी फाउन्डेसन मार्फत आवश्यक सामाग्रीहरु सहयोग गरेको हो । समस्यामा रहेका बेला नेपाली नारी समाज, पोर्तुगल चेलिहरुको माइती बनेर आएकोमा फाउन्डेसनकि कल्पना भट्टले आभार व्यक्त गर्नुभयो ।

    त्यस्तै नारी दिवसको अवसर पारेर सानो सहयोग गरेको समाजकी अध्यक्ष सीता श्रेष्ठ (शिवानी) ले जानकारी दिनुभयो । साथै उहाँले भौतिक रूपमा कार्यक्रम गर्ने वातावरण नभएता पनि जन्मभुमिमा असहाय, मानसिक स्थिति गुमायका र सहारा विहिन महिलाहरुलाई केहि सहयोग गर्नु नै महत्त्वपूर्ण रहेको बताउनु भयो । समाज रुपान्तरण र नारी हकहितको लागि लामो समयदेखि स्थापित समाजले प्रत्येक वर्ष यसरी नै स्वदेश तथा विदेशमा सहयोगहरु गर्दै आइरहेको छ ।

    साथै समाजले यता पोर्तुगलमा आज नै भर्चुअल मार्फत “पोर्तुगलमा नेपाली नारीहरुको बसाइ कसरी सहजिकरण गर्न सकिन्छ” भन्ने बिषयमा कार्यसमिति बिच छलफल समेत गरेको छ । समाजकी अध्यक्ष श्रेष्ठको अध्यक्षतामा गरिएको भर्चुअल कार्यक्रममा सहभागीहरुले अन्याय, अत्याचार र बिभेद पुर्ण ब्यबहारका बारेमा गुनासो साथै समानुपातिक समाज निर्माणका लागी हाम्रो दायित्वका बारेमा भेला र सेमिनार गरेर मनाइन्थ्यो भने अहिले भर्चुअल मार्फत गर्दा स्वदेश देखि विदेशसम्मका व्यक्तिहरुलाई जोड्ने अवसर समेत मिलेको बताएका छन ।

    भने उज्यालो भविष्यको सपना बोकि बिदेशि भुमिमा कर्म गरिरहदा बिभिन्न प्रकारका समस्याहरु आउने हुनाले यिनै समस्याहरुका बारेमा छलफल गरि आफ्नो अनुभव र सीप साटासाट गरि समाधान गर्न सहज हुने कुरामा बिस्वस्त रहेको बताएका छन् । देशमा भएका असहाय महिलाहरुलाई सहयोग र बिदेशि भुमिमा रहने नारीहरुको समस्याका बारेमा समेत छलफल गरिएको कार्यक्रममा नेपाली नारी समाजले वास्तविक पीडितलाई राहतको व्यवस्था गर्ने गरेकोमा अग्रजहरुले स्वागत योग्य रहेको बताएका छन् ।

    वैचारिक बहस समेत गर्दै आएको समाजले नारी दिवसको अवसरमा गरेको कार्य सर्हानिय रहेको बताएका छन् । भर्चुअल कार्यक्रममा सस्थापक अध्यक्ष तथा सम्मानित सदस्य सीता बराल, उपाध्यक्षहरु ज्योत्सना अधिकारी, पृतु लामा, सल्लाहकारहरु मिनामाया खरेल, जयकला राई, विद्या आचार्य, ज्ञानु गौतम शर्मा लगायत कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो । साथै नेपाली नारी समाजको कानुनी सल्लाहकार तथा लैङ्गिक विशेषज्ञ डा. ज्योति तुलाधरले शुभकामना सन्देश पठाउनु भएको थियो ।

    समाजले यस अघि पनि नेपालमा कोरोना कहरका बेलामा अक्सिजन सिलिन्डर खरिदको लागि सहयोग, जाडोमा न्यानो कपडा वितरण लगायत विदेशमा पनि नारीहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न किसिमका तालीमहरु दिदै आइरहेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.