हेटौंडा । हेटौंडाका एक किशोर बुधबारदेखि बेपत्ता भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं ५ का सिचाँईटोल बस्ने मछिन्द्रनाथ ढुङ्गानाका १६ वर्षीय रेगन ढुङ्गाना बुधबार साँझ ६ बजेदेखि बेपत्ता भएका हुन् ।
हेटौंडा–२ मानसचोकस्थित आफ्नै होटलबाट साथीको घर जान्छु भनि निस्किएका रेगन अहिलेसम्म घर नफर्किएको उनका बाबु मछिन्द्रनाथले बताए । हामीले परिवार, साथीभाइ तथा आफन्तकहाँ फोन गरेर बुझिसक्यौँ । कतै पनि भेटिएन । घरमा केही नराम्रो भएको पनि थिएन, ” बाबु मछिन्द्रनाथ भने– म आफ्नो सुर गर्छु, तपाईहरुहरु आफ्नो सुर गर्नुस् भन्थ्यो ।
हिजो साँझबाट निस्किएको अहिलेसम्म कहाँ हो रु के हो रुअत्तोपत्तो छैन ।” मछिन्द्रनाथले छोरा खोजिकार्यको लागि हेटौंडास्थित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिइएको बताए । रेगनले होटलबाट निस्किँदा निलोसेतो जिन्सपाइन्ट र कालो हुक लगाएर निष्किएको उनले बताए । देख्नु हुने जो कोहीले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्नु हुन उनका बाबुले आग्रह गरेका छन् ।
बेपत्ता किशोर हेटौंडा उपमहानगरपालिका वडा नं २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा ८ कक्षामा पढ्छन्।








