हेटौँडा । मकवानपुर प्रहरीले ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना कार्यकर्तालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) को मकवानपुर जिल्ला समितिको सचिवालय सदस्य बकैया गाउँपालिका ४ छतिवनका ३१ बर्षीय प्रल्हाद गौतम र मनहरी गाउँपालिका-३ हाँडिखोलाका ३२ बर्षिय सोनाम लामा भन्ने सोनम सिंह बल रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन ।उनिहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








