हेटौंडा । मकवानपुरको हेटौंडा–४ मेनरोडको एक हाडवर्यर गोदाममा गएराति आगलागी भएको छ । गएराति करिब १० बजे लागेको आगलागी करिब ३ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
प्रकाश इलेक्ट्रोनिसे एण्ड हाडवर्यस सप्यायर्सको गोदाममा आगलागी भएको थियो ।
हालसम्म आगलागीको कारण र क्षतीको विवरण नखुलेको तर विद्युत सर्टको कारण आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।








