• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

गैंडाकोट चाैथाे उप-मेयर कपकाे उपाधि रत्नराज्य लक्ष्मी माविलाई

  •   मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैंडाकोट ।  गैंडाकोट चौथो उप–मेयर कप अन्तरमावि छात्रा फुटबल प्रतियोगिताको उपाधि रत्न राज्य लक्ष्मी माविले चुमेको छ । आज सम्पन्न फाईनल खेलमा विजय सामुदायिक शिक्षा सदनलाई १–० गोलले हराउदै ४२ हजार नगद, मेडल, शिल्ड,प्रमाणपत्र हात पारेको छ । कार्यक्रमकी विशिष्ट अतिथि नगरउपप्रमुख विष्णु कुमारी कडेँल सापकोटाले पुरस्कार प्रदान गरेकी थिइन् । पहिलो हाफमा कुनै गोल नभएपनि दोस्रो हाफमा पेनाल्टी पाएर गोल गरेपछि रत्नराज्य लक्ष्मी माविले उपाधि जितेको हो ।

    फागुन २४ देखि सुरु भएको प्रतियोगितामा १६ वटा माविले सहभागिता जनाएका थिए । प्रतियोगितामा उपविजेता विजय सामुदायिक शिक्षा सदनले ३२ हजार नगद, मेडल, ट्रफी, प्रमाणपत्र हात पारेको छ । त्यस्तै प्रतियोगितामा दुई वटा विद्यालय बालविकास मावि र नारायणी माविले तृतीय पुरस्कार रु. १७ हजारका दरले प्राप्त गरेका छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार रु. ६ हजार नगद सहित विजय सामुदायिक शिक्षा सदनकी सारा सापकोटाले पाइन् भने उत्कृष्ट गोल रक्षकको रु.५ हजार पुरस्कार रत्नराज्य लक्ष्मीकी पार्वती थापाले प्राप्त गरिन् ।

    प्रतियोगिता अवधिभर धेरै गोल गर्नेमा विजय सामुदायिक शिक्षा सदनकी आयुष्मा परियार र रत्नराज्य लक्ष्मीकी मुना महतोले समान ५÷५ गोल गरेपछि रु. ५ हजारको आधाआधा प्राप्त गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याचको रु. १ हजार पुरस्कार भने रत्नराज्य लक्ष्मीकी ममता शाहीले प्राप्त गरिन् । कार्यक्रममा उत्कृष्ट मार्चपास गराएका भन्दै गैँडाकोट इग्लिस स्कुल रु. ६ हजार सहित पुरस्कृत भएको छ । बागमती प्रदेश सांसद रिना गुरुङले उपलब्ध गराएको रु. ५ हजार वालविकास बोडिङ स्कुलका छात्राहरुलाई प्रदान गरिएको छ ।

    गुरुङ प्रमुख अतिथि रहेको दिन खेलभएको मध्य उत्कृष्ट प्रदर्शन गरेको भन्दै गुरुङले सो रकम उपलब्ध गराएको आयोजकले जनाएको छ । गैँडाकोट खेलकुद विकास समितिको आयोजना, महिला खेलकुद विकास समितिको सहआयोजना र गँैडाकोट नगरपालिकाको संरक्षकत्वमा सम्पन्न प्रतियोगिता समापनका दिन बोल्दै प्रमुख अतिथि नगरप्रमुख छत्रराज पौडेलले विवादैविवादले नगरको खेल क्षेत्र विकासका लागि खेलकुद समिति गठन नभएपनि खेल गतिविधि नरोकेको बताए ।

    नगरबाट हुनसक्ने सहयोग गरेर क्रिक्रेट फुटवल लगायतका खेलाडी उत्पादनमा काम गरेको उनको भनाई थियो । विशिष्ट अतिथि उपप्रमुख विष्णु कुमारी कडेँल सापकोटाले छात्राहरु पनि खेल खेल्न सक्षम सँगै खेलबाट परिवार, गाउँ समाज र देशलाई चिनाउन सक्छन् भन्ने प्रमाणीत भएको बताइन् । आफ्नो अन्तिम कार्यकालसम्मपनि प्रतियोगिता संचालनमा सहयोग गरेको भन्दै खेलाडीलाई सहयोग गर्न कुनै कन्जुस्याइ नगरेको उनको भनाई थियो ।

    कार्यक्रमका अध्यक्ष गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले विद्यालय तहबाटै खेलाडी उत्पादन भएमात्रै राम्रो खेल खेल्न सकिने बताए । यो पटक उत्साहजनक सहभागीता र राम्रो प्रदर्शनका साथ विद्यार्थीहरुले आफूलाई सक्षम प्रमाणीत गरेको कार्कीको भनाई थियो । साथै आगामी दिनमा विद्यालय तहमै खेल प्रशिक्षक आवश्यक परे समितिले उपलब्ध गराउन तयार रहेको समेत उनको भनाई थियो । कार्यक्रममा विभिन्न सांस्कृति प्रस्तुती समेत रहेको थियो ।

    समापन कार्यक्रममा वडाअध्यक्षहरु सहित जनप्रतिनिधि, समाजसेवी, युवा तथा खेलप्रेमी,विद्यालयका संचालक, प्रधानाध्यापक शिक्षक विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.