• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

राजर्षि जनक कप : न्युरोड टिम (एनआरटी) ३-० ले विजयी

  •   शुक्रबार, चैत ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सर्लाही । बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा न्यु रोड टिम (एनआरटी) काठमाडौंले केबीए ग्लोबल बीएफसी चितवनलाई ३–० गोलले पराजित गरेको छ ।

    खेलको ६७औं मिनेटमा न्युरोड टिमले कृतिष चुन्चोको गोलबाट अग्रता कायम गर्‍यो । जर्सी नम्बर १९ का स्टेफेन समीरले डिबक्स भित्र दिएको बललाई चितवनका गोलकिपर प्रदीप भण्डारीलाई बिट गर्दै चुन्चोले प्रहार गरेको बल सहजै गोलमा परिणत भयो । चुन्चो गोलसँगै खेल १–० मा पुग्यो । खेलको ८६ औ मिनेटमा पुनः एनआरटीलाई अनगोल प्राप्त भयो ।

    एनआरटीका क्रितिस चुन्चोले प्रहार गरेको बल चितवनका ३ नम्बर जर्सीका विवेक तामाङले जोगाउन खोज्दा आफ्नै गोलपोष्टको जाली चुम्न पुग्यो  । त्यसैगरी ८९औं मिनेटमा एनआरटीका स्टेफेन समीरले अर्को गोल थप्दै टिमको जीत सुनिश्चित गरे । खेलको पहिलो हाफ सम्म निकै प्रतिस्पर्धात्मक बनेको प्रतियोगिताको केही समय बिएफसी चितवनले आफूलाई सम्हाल्न नसक्दा हार बेहोर्नु पर्‍यो । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

    ए डिभिजन लिग खेल्ने एनआरटी र मोफसलको चितवन टिमबीचको खेलमा दुवै टिमको तर्फबाट अफ्रिकन मूलका विदेशी खेलाडी समेत रहेकाले मध्यान्तरसम्म निकै प्रतिस्पर्धात्मक देखिएको थियो । मध्यान्तर पश्चात् भने एनआरटीका खेलाडी थप आक्रामक बनेका थिए । टिमका लागि पहिलो गोल गरेका एनआरटीका कृतिष चुन्चे खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार हात पार्न सफल भए ।

    जितसँगै एनआरटीले आयोजक बागमती युवा क्लबसँग चैत ८ गते सेमिफाइनल प्रवेशका लागि खेल्नु पर्नेछ । यस्तै शनिबारको खेलमा विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुन र नेपालको विभागीय एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने म्याच कमिस्नर दीपक लामाले बताए ।

    प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत १२ वटा टिमले सहभागिता जनाएका छन् । जसमध्ये ध्रुबतारा स्पोर्टिङ क्लब झापा दमक हिमालयन शेर्पा क्लब काठमाडौंसँग, नव जन जागृति युवा क्लब सिमरा नेपाल पुलिस क्लबसँग र बीएफसी चितवन एनआरटीसँग पराजय व्यहोरेर प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

    त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि इयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.