• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कांग्रेसले गठबन्धनभन्दा पनि धेरै सिट जित्न महत्व दिन्छ : कांग्रेस प्रवक्ता डा. महत

  •   शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नेपालगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरामा भन्दा पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउने भन्ने विषयलाई केन्द्रमा राखेको बताएका छन् । कांग्रेसले सबैभन्दा बढी सिट कसरी हासिल गर्छ त्यही सोचेर अगाडि बढ्ने नीति अख्तियार गरेको उनले बताए ।

    नेपाल प्रेस युनियन बाँके शाखाले सनिवार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा प्रवक्ता डा. महतले सत्तारुढ गठबन्धनका बारेमा कांग्रेसलाई जे गर्दा फाइदा हुन्छ त्यसैअनुसार निर्णय लिने जोड दिए । उनले भने, ‘हामीलाई गठबन्धन गर्दा फाइदा हुन्छ कि नगर्दा त्यो विश्लेषण गर्छौं, भावनामा बगेर मात्र भएन, पार्टीलाई फाइदा हुने गरी निर्णय लिन्छौं ।’ उनले आगामी केन्द्रीय कमिटीको बैठकले यसबारे निर्णय लिने पनि स्पष्ट पारे ।

    प्रवक्ता डा. महतले कांग्रेसले चैतभित्रै उम्मेदवारको टुंगो लगाउने दावी गर्दै भने, ‘हामी यसपटक समयमै उम्मेदवारहरूको टुंगो लगाएर निर्वाचनमा होमिन्छौं, अघिल्ला निर्वाचन जस्तो अन्तिम समयमा आएर निर्णय लिने काम यो पटक हुँदैन, चैतभित्रै उम्मेदवार टुंग्याउँछौं ।’ उनले निर्वाचन केन्द्रित ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आह्वान पनि गरे ।

    उनले भने, ‘तपाईंहरू घर–घर जाऔं, कांग्रेस जिताऔं अभियान बोकेर जनताको घरदैलोमा जानुहोस्, अहिले चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरामा भन्दा पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउन सकिन्छ भनेर लाग्नुस्, विपक्षी दलको दुष्प्रचार र गल्तीहरूको बारेमा बोल्नुस्, एमसीसीका बारेमा फैलाइएको भ्रम चिर्नुस् ।’ उनले उनले जित्ने गरी उम्मेदवार बनाउने कुरामा जोड दिँदै भने ‘यसपटक जित्ने मान्छेलाई मात्र उम्मेदवार बनाइने छ ।

    मेरो–तेरो या यो गुट–त्यो गुट भन्ने हुँदैन, जसले जित्ने देखिन्छ, उसैलाई पार्टीले उम्मेदवार बनाउँछ ।’ प्रवक्ता डा. महतले एमसीसीका बारेमा सत्ता साझेदार वा विपक्षीले खडा गरेको भ्रमको पर्दा खुलेको र कांग्रेस सधैं सत्यका पक्षमा उभिने पार्टी भएको बताए । एमसीसी नेपालको हितमा भएकाले कांग्रेसले सत्तामा रहँदा वा प्रतिपक्षमा रहँदा पनि सधैं एउटै बोली बोलेको बताए ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.