• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

दमकको १८ तले भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न माओवादीको माग

  •   आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा  । माओवादी केन्द्रले दमकमा बन्दै गरेको भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न माग गरेको छ । दमक-३ मा बन्दै गरेको १८ तले भ्युटावरलाई सुविधा सम्पन्न सरकारी अस्पतालमा रूपान्तरण गर्न माग गरेको हो । माओवादी केन्द्रको नगर कमिटी बैठकले मेडिकल कलेजसहितको अस्पतालमा रूपान्तरण गर्न माग गरेको नगर कमिटी अध्यक्ष रवि बस्नेतले जानकारी दिए ।

    ‘त्यहाँको संरचना अस्पताल बनाउन हुने नै छ । स्थलगत अनुगमन गरेर हामी यो निष्कर्षमा पुगेका हौँ,’ उनले भने, ‘हामीले गरेको निर्णय पार्टी केन्द्र र अध्यक्ष प्रचण्ड, अर्थ मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालय, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत मुख्यमन्त्री कार्यालयमा पनि पठाउने छौँ ।’ दमक क्षेत्रमा ठूलो सरकारी अस्पताल नभएका कारण पनि बन्दै गरेको संरचनामा मेडिकल कलेजसहित प्रादेशकि अस्पताल सञ्चालन गर्न माग गरिएको माओवादी दमकका इञ्चार्ज वेदु गौतमले जानकारी दिए ।

    ‘जनताले निजी अस्पतालमा उपचार गर्न महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ । सुविधा सम्पन्न सरकारी अस्पताल यहाँको आवश्यकता हो । यहाँ प्रादेशिक अस्पताल बनाउने हो भने प्रदेश-१ का नागरिकले राम्रो सुविधा पाउने थिए,’ उनले भने, ‘अस्पताल १५ तलासम्म राखौँ । त्यहाँमाथिको संरचना भ्युटावरको रूपमा नै प्रयोग गरौँ । त्यसो गर्दा अस्पताल पनि हुन्छ भ्युटावर पनि हुन्छ ।’ दमक-३ मा सरकारले एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा धमामधम भ्युटावर बनाइरहेको छ ।

    अहिले १३औँ तलाको काम भइरहेको छ । भवनभित्र चारवटा लिफ्ट भएकाका कारण अस्पतालका लागि पनि उपुयक्त हुने माओवादी केन्द्रका अध्यक्ष बस्नेतले बताए । ‘हामीले भ्युटावर निर्माणस्थलमा रहेका इञ्जिनियरहरूसँग पनि कुरा गर्‍यौँ । स्थानीयसँग पनि छलफल गर्‍यौँ । उहाँहरूले पनि अस्पतालका लागि उपयुक्त हुने बताउनुभएको छ,’ उनी भन्छन्, ‘अस्पताल भए यो ठाउँको पनि विकास हुने हाम्रो बुझाइ हो । भ्युटावर हुँदा दुरुपयोग पनि हुनसक्छ ।

    अस्पताल आमनागरिकका लागि हुन्छ ।’ एमाले अध्यक्ष केपी ओलीको गृहनगरमा बन्दै गरेको यो भ्युटावरमा ओलीले विशेष महत्त्वका साथ हेर्ने गरेका छन् । यो भ्युटावर व्यपारिक प्रयोजनसहितको हुने बताइएको छ । स्थानीय पनि अस्पतालकै पक्षमा माओवादीले निर्णय गरेजस्तै स्थानीय जनता पनि अस्पतालको पक्षमा छन् । दमक बजारदेखि करिब ६ किलोमिटर पश्चिमउत्तरमा बन्दै गरेको भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न सके राम्रो हुने स्थानीय बताउँछन् ।

    ‘सरकारी अस्पतालका लागि दमक पुग्नुपर्छ । त्यहाँ पनि लाइन बस्नै नसक्ने भीड हुन्छ । भ्युटावरको मुख्य उद्देश्य भ्यु हेर्नु हो । माथिल्लो तलमा भ्यु हेर्ने ठाउँ राखौँ बाँकीमा अस्पताल भए धेरै सुविधा हुन्छ,’ दमक-३ का स्थानीय प्रकाश पौडेलले भने, ‘अस्पताल आयो भने स्थानीयले रोजगारी पाउँछन् । अस्पताल आउने मानिसको संख्या धेरै हुँदा गाउँको विकास पनि हुन्छ ।’ दमक-३ मा भ्युटावरबाहेक केही पनि विकास भएको छैन ।

    गाउँमा न खाने पानी पुगेको छ न त गतिलो सडक नै छ । स्थानीय अहिले पनि ट्युबवेलको पानी खान्छन् । भ्युटावरको सट्टा अस्पताल बने गाउँको विकासले फड्को मार्ने स्थानीय राजनप्रसाद घिमिरेको बुझाइ छ । ‘अस्पताल बनाउन सके त गाउँमा पक्की सडक बन्ने थियो । मान्छे आउने संख्या भएपछि सडक त बन्ला नि ! खानेपानी आउने थियो,’ उनी भन्छन्, ‘अहिले त भ्युटावरबाहेक केही छैन । सडकमा धुलो उडेर हिँडिसक्नु हुँदैन ।’

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.