काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा नेपालले पपुवा न्यु गिनी (पिएनजी) लाई सात विकेटले पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय इनिङ खेले ।
५० रन बनाएका कुशलले ६४ बलमा चार चौका र एक छक्का प्रहार गरे । यस्तै, ५९ रनमा अविजित रहेका आरिफले एक सय दुई बलमा चार चौका प्रहार गरे । यसबाहेक, नेपाली टोलीका खातामा रोहितकुमार पौडेलले अविजित ४४ रन थप्दा ओपनर आशिफ शेख दुई रनमा र दीपेन्द्रसिंह ऐरी सुन्यमै पभेलियन फर्किए । पिएनजीका चार्ल्स एमिनीले दुई विकेट लिँदा एलेइ नाओले एक विकेट लिइन्
। यसअघि टस हारेर ब्याटिङमा आएको पिएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रनको योगफल तयार गरेको थियो । पिएनजीका कप्तान असद भालाले सर्वाधिक ४५ रन बनाए । यस्तै, चाड सोपरले २२, लेगा सिएकाले २० र सेसे बाउले १९ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए ।
यसबाहेक, पवन सर्राफ, दीपेन्द्र, आरिफ र करणले एक एक विकेट लिए । डिभिजन २ मा १२ खेलबाट १२ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । तालिकाको पुछारमा रहेको पिएनजीले १६ खेलबाट दुई अंकमात्र जोडेको छ ।








