• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. बिचौलियाको मारमा किसान

चितवनमा ३४ दलका उम्मेदवारले दलीय हैसियतमा चुनाव लड्न पाउने

  •   बुधबार, चैत ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा ३४ दलले मात्रै दलीय हैसियतमा स्थानीय तहको चुनावमा सहभागी हुन पाउने भएका छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय दलको मान्यता प्राप्त ६ वटासहित ३४ दलका उम्मेदवार दलीय हैसियतमा चुनाव लड्न पाउने भएका हुन् ।

    निर्धारित समयभित्र चितवनमा राष्ट्रिय दलबाहेक २८ वटा साना दल दर्ता भएका हुन् । निर्वाचन आयोगमा भने निर्वाचनका लागि राष्ट्रिय दलसहित ७९ दल दर्ता भएका छन् । आयोगबाट राष्ट्रिय दलको मान्यता पाएका दलहरू जिल्लामा दर्ता हुनु नपर्ने व्यवस्था छ ।

    अन्य जिल्लामा दर्ता भएका साना दलका उम्मेदवार चितवनको स्थानीय तहको चुनाव लड्न चाहेमा स्वतन्त्र उम्मेदवारका हैसियतमा चुनावमा सहभागी हुन पाउने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले बताए ।

    २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा चितवनमा राष्ट्रिय दलसहित २४ वटा दल सहभागी भएका थिए । नेकपा ९एमाले०, नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय दलको मान्यता प्राप्त दल हुन् ।

    प्रतिनिधिसभामा कम्तीमा एक सिट जितेको र समानुपातिक सिटमा थ्रेस होल्ड कटाएको दललाई आयोगले राष्ट्रिय दलको मान्यता दिने गर्छ ।

    लोसपा पार्टी चितवनमा छैन । यद्यपि राष्ट्रिय दलको मान्यता पाएका दलका उम्मेदवारले जहाँबाट पनि चुनाव लड्न पाउने भएकाले लोसपाका उम्मेदवारले पनि यहाँ चुनाव लड्न पाउँछन् । राष्ट्रिय दलको मान्यता पाएका दलले आफ्नै चुनाव चिह्न लिएर चुनाव लड्न पाउँछन् ।

    साना दललाई भने आयोगले चुनाव चिह्न दिने निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले जानकारी दिए ।

    चितवनमा दर्ता नभएका अन्य साना दलका उम्मेदवार चितवनको स्थानीय तहमा चुनाव लड्नु परे त्यस्ता उमेदवारलाई आयोगले बनाएको मापदण्डका आधारमा निर्वाचन अधिकृतले चुनाव चिह्न दिने उनले बताए ।

    ‘चितवनमा दर्ता नभएका साना दलले पनि यहाँ चुनाव लड्न त पाउँछन्, तर त्यस्ता दलका उम्मेदवारले आफ्नो दलको चुनाव चिह्न पाउँदैनन् । स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव लड्नुपर्छ’, उनले भने, ‘उनीहरुलाई आयोगले बनाउने मापदण्डमा आधारित रहेर निर्वाचन अधिकृतले चुनाव चिह्न प्रदान गर्नुहुन्छ ।’

    साना दल जिल्लामा दर्ता हुन पाउने म्याद ६ चैतसम्म थियो । निर्धारित समयभित्र दर्ता भएका २८ दलको नामावली निर्वाचन कार्यालयले सोमबार आयोगमा पठाएको हो । स्थानीय तहको निर्वाचनका लागि आयोगले ११ र १२ वैशाखमा मनोनयनका लागि मिति तय गरेको छ ।

    चितवनमा दर्ता भएका साना दल
    १) राष्ट्रिय प्रजातन्त्र पार्टी
    २) राष्ट्रिय जनमुक्ति पार्टी
    ३) विवेकशील साझा पार्टी
    ४) नेकपा माले
    ५) राष्ट्रिय जनमोर्चा
    ६) नेपाल मजदुर किसान पार्टी
    ७) मंगोल नेसनल अर्गनाइजेसन
    ८) त्रिमूल नेपाल
    ९) सामाजिक एकता पार्टी
    १०) नेपाली कांग्रेस बिपी
    ११) जनमत पार्टी
    १२) उन्नत लोकतन्त्र पार्टी
    १३) राष्ट्रिय नागरिक पार्टी
    १४) नेपाल दलित पार्टी
    १५) नेपाल परिवार दल
    १६) मौलिक जरोकिलो पार्टी
    १७) जनसमाजवादी पार्टी, नेपाल
    १८) राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
    १९) नेपाल कम्युनिष्ट पार्टी ९समाजवादी०
    २०) नेपाल सुशासन पार्टी
    २१) नेपालका लागि नेपाली पार्टी
    २२) समाजवादी केन्द्र नेपाल
    २३)संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट०
    २४) नेपाल विवेकशील पार्टी
    २५) नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
    २६) नेपाली जनता दल
    २७) देशभक्त समाज
    २८) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.