• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

तथ्याङ्कमा आगामी स्थानीय निर्वाचन

  •   सोमबार, चैत १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं  । आगामी स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते हुँदैछ । देशभर एकै चरणमा निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार आगामी स्थानीय निर्वाचन नेपालको निर्वाचन इतिहासमै सबैभन्दा बढी मतदाता रहेको निर्वाचन हुनेछ । आयोगले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा हुने स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सहभागी हुन पाउनेछन् । यसअघि नेपालमा सम्पन्न भएका निर्वाचनमा सबैभन्दा बढी मतदाता २०६४ सालको संविधान सभा निर्वाचनमा रहेको थियो ।

    सो निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७६ लाख ११ हजार ८३२ रहेको थियो । आउँदो स्थानीय तहको निर्वाचनको लागि नाम लेखाएका मतदातामध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५३० जना महिला र १८३ जना अन्य रहेका छन् । आयोगले स्थानीय तह निर्वाचन सम्पन्न गर्न देशभर १० हजार ७५३ मतदान स्थल अन्तर्गत २१ हजार ९५५ मतदान केन्द्रहरु राख्ने निर्णय गरेको छ । आगामी स्थानीय निर्वाचनमा सबैभन्दा बढी मतदाता भएको जिल्लामा मोरङ रहेको छ । मोरङमा ७ लाख १५ हजार २२३ जना मतदाता रहेका छन् । मोरङपछि झापा र काठमाडौंमा सबैभन्दा बढी मतदाता रहेका छन् ।

    झापामा ६ लाख ४६ हजार २३४ र काठमाडौंमा ६ लाख ३७ हजार ७७५ जना मतदाता रहेको आयोगले जनाएको छ । २०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सबैभन्दा कम मतदाता संख्या मनाङ, मुस्ताङ र डोल्पामा रहेका छन् । आयोगका अनुसार मनाङमा ६ हजार ४९६, मुस्ताङमा १० हजार ४८५ र डोल्पामा २२ हजार ४४० जना मतदाता रहेका छन् । आगामी निर्वाचनमा सबैभन्दा बढी मतदाता रहेका स्थानीय तहमा काठमाडौं, पोखरा र भरतपुर महानगरपालिका छन् ।

    काठमाडौंमा ३ लाख २४२, पोखरामा २ लाख ७ हजार ७१२ र भरतपुरमा १ लाख ८५ हजार ७५२ जना मतदाता रहेको आयोगले जनाएको छ । सबैभन्दा कम मतदाता रहेका स्थानीय तहमा नार्पा भूमि गाउँपालिका (मनाङ), चामे गाउँपालिका (मनाङ) र छार्का ताङसोङ गाउँपालिका (डोल्पा) रहेका छन् । नार्पा भूमिमा ४४८, चामेमा ७११ र छार्का ताङसोङमा ९६७ मतदाता रहेका छन् । यसपटक सबैभन्दा बढी मतदानकेन्द्र मोरङ, काठमाडौं र झापा जिल्लामा रहेको छ ।

    मोरङमा ८२०, काठमाडौंमा ७५९ र झापामा ७५५ वटा मतदानकेन्द्र रहेको निर्वाचन आयोगले बताएको छ । यस्तै, सबैभन्दा कम मतदाता रहेका जिल्लामा मनाङ, मुस्ताङ र रुकुम पूर्व रहेका छन् । मनाङमा २८, मुस्ताङमा ३८ र रुकुम पूर्वमा ४९ वटा मतदानकेन्द्र राख्ने निर्णय आयोगले गरेको छ । प्रदेशहरुमा सबैभन्दा बढी मतदानकेन्द्र मधेस, बागमती र प्रदेश नं.१ मा रहेका छन् । आयोगका अनुसार मधेस प्रदेशमा ४ हजार १८९, बागमती प्रदेशमा ४ हजार ९५ र प्रदेश नं. १ मा ४ हजार ५१ वटा मतदानकेन्द्र रहनेछन् । सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३८५, सुदुरपश्चिम प्रदेशमा २ हजार १०३ र गण्डकी प्रदेशमा २ हजार ३०० मतदानकेन्द्र रहनेछन् ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.