हेटौँडा । पुर्ब पश्चिम अन्र्तगत हेटौँडा –१५ रातोमाटेमा तेल बोक्ने ट्याङकर दुर्घटना हुदाँ १ जना गम्भीर घाइते भएका छन । हेटौँडाबाट बारा तर्फ जादै गरेको ना ७ ख ६०७१ नम्बरको खालि ट्याङकर अनियन्त्रित भई सडक छेउमा दुर्घटना हुदाँ ट्याङकर चालक सर्लाही ईश्वरपुर–४ घर भई हाल हेटौँडा ८ कमाने डेरा गरि बस्ने ४५ बर्षीय बिक्रम भण्डारी र ट्याङकरका सहचालक हेटौँडा– ८ राजपानी बस्ने अन्दाजी २५।२६ बर्षीय सुमन तामाङ् घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी ईन्द्र बहादुर रानाले बताएका छन ।घाइते मध्य सहचालक तामाङ्को अवस्था गम्भीर रहेको र हेटौँडा –११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।








