• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

अब एक चुनाव हेरौँ भन्ने समय अवस्था छैन : राजेन्द्र लिङदेन

  •   शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अब फेरि एक चुनाव हेरौँ भन्ने समय नरहेको बताएका छन् । राप्रपा चितवनले आज भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङदेनले ठूला दललाई फेरि जिताएर देश बनाउन खोज्नु भनेको साँढेको टाङमुनी बाल्टी थापेर दूध आउनु जस्तै भएको बताए ।

    ठूला भन्ने दलहरूले विदेशीको सहयोग बिना नेपाललाई बनाउन नसक्ने सोचिरहेको भन्दै उनले भने, ‘अब एक चुनाव हेरौं भन्ने समय छैन । जनता कुनै राजनैतिक दलको गोठको वस्तु होइन। साँढेको टाङमुनी बाल्टी थापेर दूध आउँछ ?’

    बिहे गरेको भोलिपल्टै अरेबियनको नोकर बन्न नेपालीलाई किन बाध्य बनाएको भनेर ठूला दलहरूलाई उनले प्रश्न गरेका छन् । लिङदेनले कृषिप्रधान देश भन्ने तर किसानले पैसा तिरेर पनि मल किन्न नपाउने अवस्था आउनुमा ठूला दल नै दोषी भएको बताए ।

    ‘नेपाली युवाले बिहे गरेको भोलिपल्टै अरेबियनको नोकर बन्न किन बाध्य बनाइयो ?’, उनले प्रश्न गरे, ‘कृषिप्रधान देश भन्ने पैसा तिरेर पनि मल बीउ किन्न नपाइने ? चोरीको बाटोबाट ल्याएको मल बीउ किन्नुपर्ने ?’

    कसैले उद्योग खोल्न चाह्यो भने सबै दललाई भाग छुट्याउनुपर्ने अवस्था रहेको भन्दै उनले सामान्य कर तिर्न पनि कमिसन खुवाउनुपर्ने बताए । सुकुमबासीलाई एक टुक्रा कागज दिएर दलहरूले मागी खाने भाँडो बनाएको उनको आरोप छ ।

    ३२ वर्ष एउटै खाले विचार बोकेको दलले देश चलाउँदा सोचेजस्तो परिवर्तन नभएको उनले बताए । ‘३२ वर्षसम्म देश चलाउँदा जनताले देख्न पाउने विकास त टाढाको कुरा, बेरोजगारीको अखडा बन्यो । जसले गर्दा कतिपय गाउँमा मलामी पनि महिला नै जानुपर्छ’, उनले भने ।

    उनले अब विकल्प सोच्ने बेला आएको बताए । ‘चुनावलाई ख्याल ख्याल नठानौँ’, उनले भने, ‘भोट दिनुभन्दा अगाडी हजार पटक सोच्नुस्, बाजे–बाउको पार्टी भनेर भोट नदिनुस्, ठिक पार्टी र ठिक नेता चुन्नुपर्छ ।’ गएका चुनावहरूमा ठिक पार्टी र नेता चुन्न नसक्दा देश र जनताले दुःख पाएको उनले बताए ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.