• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुर कांग्रेसीमाथि ‘अन्याय’, के भन्छन् नेता कार्यकर्ता ?

  •   आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली कांग्रेस चितवनका नेता कार्यकर्ताको हकमा यसपटक वि.सं.२०७४ साल फर्किएको छ । वि.सं.२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर नपाएको चितवन कांग्रेसले यसपटकको निर्वाचनमा पनि पाएन । सत्तागठबन्धनले महानगरको मेयरको उमेदवार बन्नबाटै चितवन कांग्रेसलाई बञ्चित गरायो ।

    मेयरका लागि कांग्रेसमा २५ जनाले आकांक्षा देखाएका थिए । उनीहरुले प्रति व्यक्ति तीन हजार रुपैयाँ तिरेर पार्टीमा आफ्नो मनोनयन दर्ता पनि गरेका थिए । तर, चितवनका कांग्रेसीले यसपाली पनि महानगरको मेयरमा रेनु दाहाललाई नै भोट हाल्नुपर्ने अवस्था बनेको छ ।

    आफुहरुलाई अन्याय भएको भन्दै शुक्रबार नेता कार्यकर्ताले जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गरे । गठबन्धनको केन्द्रीय निर्णयबाट असन्तुष्ट बनेका नेता कार्यकर्ताले शनिबार महानगरको मेयरमा बागी उमेदवारी दिने घोषणा गर्ने तयारी गरेका थिए । केन्द्रीय सदस्यहरु अनुपस्थित भएपछि असन्तुष्ट पक्षले घोषणा गर्न सकेन ।

    कांग्रेस नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले कांग्रेसलाई बचाउने ऐतिहासिक क्षण आएको बताए । ‘म के कुरामा प्रस्ट छु भने हामी माओवादीसँग मिलेर जान सक्दैनौँ । हाम्रो जित्ने ठाउँ अरुलाई दिएर पार्टीलाई कमजोर बनाइँदै छ’, उनले भने ।

    कांग्रेस महासमिति सदस्य मिना खरेलले कांग्रेस नेता कार्यकर्ताको जायज कुरा पार्टीले सम्बोधन गर्नुपर्ने बताउँछिन् । ‘कांग्रेस कार्यकर्ताको एउटै चाहना छ रुख चिह्नमा मतदान गर्न पाउने । यो जायज कुरा हो । यसलाई पार्टीले सम्बोधन गर्नुपर्छ’, उनले भनिन् ।

    नेपाली कांग्रेस चितवनका पूर्वप्रवक्ता उद्दव लोहनीले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामा सैद्धान्तिक र वैचारिक विचलन  आएकाे बताए । गठबन्धन गरेर अरु दललाई भोट हाल्न निर्देशन दिने देउवालाई उनले पार्टीको विधानबाट रुख चिह्न हटाएर देखाउन चुनौति दिए ।

    नेपाली कांग्रेस भरतपुर–१८ का वडा सभापति रामकृष्ण पण्डितले अन्यायपूर्ण तरिकाले भरतपुरमा गठबन्धन भएको बताए । कांग्रेस भरतपुर–१९ का सभापति आशराम  तामाङले विद्रोह गरेर मेयरमा उमेदवारी दिने नेतालाई काँध थाप्न तयार रहेको बताए ।

    अघिल्लो चुनावमा नेता कार्यकर्ताको विरोधबीच महानगरको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहाललाई कांग्रेसीले मत दिनुपरेको थियो ।

    माओवादी कार्यकर्ताले मतपत्र च्यात्दा त्यसको साक्षी बसेको कांग्रेसले माओवादीसँगको गठबन्धन टुटेपछि माओवादीको विरोध गर्दै आएको थियो । पाँच वर्षपछि हुन लागेको अर्काे चुनावमा पुनः रेनु दाहाललाई नै मत दिनुपर्ने अवस्थामा चितवन कांग्रेस पुगेको हो ।

    २०७४ मै भएको प्रतिनिधि सभाको निर्वाचनमा पनि क्षेत्र नं ३ मा कांग्रेसीले हलोमा मत दिनुपर्ने बाध्यता बनेको थियो । क्षेत्र नं ३ मा भरतपुर महानगरको अधिकांश भाग पर्छ ।

    भरतपुर महानगरमा बसोबास गर्ने कांग्रेसीहरु बढी अन्यायमा परेका छन् । उनीहरूले लगातार तेस्रो पटकसम्म पनि आफ्नो चुनाव चिह्न रुखमा भोट खसाल्न नपाउने निश्चित छ ।

    नेता कार्यकर्ताको भावना विपरित गठबन्धनले निर्णय गरेको बताएका जिल्ला सभापति खनालले बिहीबार केन्द्रीय परिपत्र बाहिर गएर गतिविधि नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका थिए । खनाल संस्थापन इतरबाट जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । चितवनमा कांग्रेसको संस्थापन इतर बलियो छ ।

    २०७४ मा मेयरको टिकट पाइसकेका दिनेश कोइरालाको उमेदवारी देउवाले नै अन्तिम समयमा काठमाडौँबाटै निर्वाचन अधिकृतलाई पत्र लेखेर फिर्ता लिएका थिए । अहिले कोइराला कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित भएका छन् ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.