चितवन । बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा उम्मेद्बारी दिएका मध्ये १२८ जनाले आफ्नो उम्मेद्बारी फिर्ता लिएका छन। प्रमुख निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाए अनुसा महानगर प्रमुखबाट ३ जनाले उम्मेद्बारी फिर्ता गरेका छन।
उपप्रमुख पदमा दिएको उम्मेद्बारी पनि ३ जनाले फिर्ता गराएका हुन। यस्तै वडाध्यक्ष पदबाट २८,वडा सदस्यबाट ७९ जनाले उम्मेद्बारी फिर्ता गराएका छन भने ३८ जना महिला सदस्य र ३१ जना दलित महिला सदस्यले पनि उम्मेद्बारी फिर्ता गराएका हुन ।
आयोगले शुक्रवार साँझ ५ बजे सम्म उम्मेद्बारी फिर्ताको समयसिमा तोकेको थियो। आज उमेदवारको लागि चुनाब चिन्ह वितरण गरिने छ ।








