फाईल फोटो
हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको सडकमा फेरी पहिरो गएको छ। भीमफेदी-कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेत र चिसापानी गढी नजिक पहिरो गएको ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताएका छन्। हिजो सोहि ठाउँ र इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ मा गएको पहिरो एक्साभेटरको प्रयोग गरेर पन्छाएर बाटो सुचारू गरेको थियो।बाटो अवरुद्ध बनेपछि वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ।








