हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–६ का वडा सदस्य राजकुमार बास्तोला र हेटौँडा–७ निवासी युवा विप्लब गौतमले ट्राफिक प्रहरीलाई १ थान ब्यारिगेट र चेकिङ बोर्ड सहयोग गरेका छन्। वडा सदस्य बास्तोलाले एकल खर्चमा २ थान चेकिङ बोर्ड र गौतमले १ थान ब्यारिगेट सहयोग गरेका हुन। बास्तोला र गौतमले सहयोग गरेको उक्त सामाग्री बिहिबार बिहान प्रहरीचौकी चौघडामा पुगेर हेटौँडा–६का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा मकवानपुर ट्राफिक प्रमुख प्रहरी निरीक्षक हरी विष्णु ढकाल र प्रहरी चौकी चौघडाका प्रहरी सहायक निरीक्षक डम्बर बहादुर केसीलाई हस्तानतरण गरिएको छ । ट्राफिक प्रहरीका लागि अत्यावश्यक रहेको ब्यारिगेट र चेकिङ बोर्ड गौतम र आफ्नो व्यक्तिगत खर्चमा सहयोग गरेको हेटौँडा –का वडा सदस्य बास्तोलाले बताएका छन ।








