काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म २४ हजार २०० मतगणना भइसकेको छ । ताजा मत परिणामानुसार स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले १० हजार ४६ मतसहित अग्रता कायमै गरेका छन् ।
नेकपा (एमाले)का उमेदवार केशव स्थापितले बालेनको भन्दा आधा कम मत प्राप्त गरेका छन् । उनले पाँच हजार ३१४ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले चार हजार ६४१ मत पाएकी छन् ।








