हेटौँडा। बिहिबार साँझदेखि अवरुद्ध बनेको त्रिभुवन राजपथ खुलेको छ। त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ खोप्लाङमा गएको पहिरो हटाइएपछि राजपथ खुलेको हो । सुपारीटार ब्यारेक नजिकै रहेको खोप्लाङ स्थिति भिर माथिबाट लेदोमाटो सहित खसेको पहिरो अहिले बिहान हटाइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्। पहिरो हटाइएपछि अवरुद्ध रहेको त्रिभुवन राजपथ सुचारू भएको छ।








