• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

जुन ९ मा नेपालले विश्वकप क्रिकेट लिग-२ को पहिलो खेल खेल्ने

  •   बुधबार, जेठ २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    टेक्सस । विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेल जुन ९ मा खेल्दैछ । लिगमा सहभागिताका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले ओमानसँग पहिलो खेल खेल्नेछ । लिग अन्तर्गत अमेरिकामा सञ्चालन भइरहेको सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन् ।

    सिरिज अमेरिकाको टेक्सस राज्यको ह्युष्टन सहरमा रहेको  मोसा स्टेडियम सञ्चालन हुनेछ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप क्रिकेट लिगको खेलहरूमा सहभागिता जनाउनु अघि तयारी स्वरूप एनआरएनए एनसिसी युएसए कपमा सहभागिता जनाएको थियो ।

    लिगका लागि तयारीमा व्यस्त रहेको टोलीले अमेरिकामा सञ्चालन हुने विश्व कप क्रिकेट लिग २ को खेल अघि  गत बिहीबार नेपाली अल स्टार क्लबसँग  र दोस्रो खेलमा ह्युष्टन हुरिकेनसँग प्रतिस्पर्धा गरेको थियो ।

    जसमा पहिलो खेलमा अल स्टारसँग नेपाली राष्ट्रिय टोली ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा सन्दीप लामिछानेले आराम गर्दा कप्तानी गरेका रोहित पौडेलको १ सय १ रनको मद्दतमा नेपाली राष्ट्रिय टोलीले ह्युष्टन हुरिकेनलाई २९ रनले पराजित गरेको थियो ।

    गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको तत्वाधानमा भएको प्रतियोगितामा संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अमेरिकामा व्यवस्थापनको जिम्मेवारी लिएको नेपाली अल स्टार क्लबलाई २० हजार डलर सहयोग गरेको थियो । साथै संघले अन्य विभिन्न खालका सहयोग समेत गरेको थियो ।

    एनआरएनए एनसिसी युएसए कपको समाप्तिपछि आयोजित कार्यक्रममा संघका तर्फबाट अध्यक्ष बुद्दिसागर सुबेदी, वरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्त, उपाध्यक्ष सुमन थापा, सचिव अनुप खनाल लगायतले विजयी तथा उपविजयी खेलाडी, टोली र अफिसियलहरूलाई अवार्ड तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । नेपाली राष्ट्रिय टोलीलाई तयारीका लागि सहज होस् भन्ने उद्देश्यले एनआरएनए एनसिसी युएसए कप आयोजना गरिएको थियो ।

    यसैबीच, संघको टेक्सस च्याप्टरले शनिवार स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । च्याप्टरका उपाध्यक्ष गंगा शर्माको अध्यक्षता, सचिव डा. चण्डी भण्डारीको सञ्चालन र सहसचिव राजन भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रममा संघका अध्यक्ष बुद्दिसागर सुबेदी, वरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्त, उपाध्यक्ष सुमन थापा, सचिव अनुप खनाल, नेजाका महासचिव सुरज भण्डारी, एएनएका अध्यक्ष विजयराज भट्टराई, एनएसटीका अध्यक्ष राजेन्द्र वाग्ले, एनएसटीका महासचिव एवं एनआरएनए यूथ कमिटी चियर सन्देश उप्रेती, क्षेत्रीय संयोजक सुजन पण्डित, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रकाश तिमल्सिना, खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्ज्वल वली, पत्रकारहरू विनोद पाण्डे, किशन रेग्मी, नपलिज एसोसिएसन अफ ह्युष्टनका अध्यक्ष विष्णु नेपाल, सिएनएफका अध्यक्ष कृष्ण न्यौपाने, नेपाल हेरिटेजका अध्यक्ष कर्ण बोगटी, डा. विजय झा, सतिश त्रिपाठी लगायतले धारणा राखेका थिए ।

    आइसिसी क्रिकेट वल्र्ड कप लिग टु मा रहेका ७ देशहरू  विश्व कपका लागि छनौट हुन प्रतिस्पर्धामा छन् । अहिले सम्म अंक तालिकामा ओमान ३२ खेल खेल्दै १९ जित सहित ४० अंक सहित शीर्ष स्थानमा रहेको छ । यसैगरी स्कटल्याण्ड १६ खेलमा ११ मा जित निकाल्दै २४ अंक सहित दोस्रो स्थानमा रहेको छ । यस्तै, युएई १८ खेलमा १० जित निकाल्दै २२  अंकाका साथ तेस्रो स्थानमा, नामिबिया १४ खेलमा ७ मा जित निकाल्दै १४ अंकाका साथ चौथो स्थानमा, युएसए १६ खेलमा ७ मा जित निकाल्दै १४ अंकाका साथ पाँचौँ स्थानमा, नेपाल १२ खेलमा ६ मा जित निकाल्दै १२ अंकाका साथ छैटौँ र पपुवा न्यूगिनी २० खेलमा १ मा जित निकाल्दै २ अंकाका साथ सातौँ स्थानमा रहेको छ ।

    नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशासन भारी, किशोर महतो र सागर ढकाल रहेका छन् ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.