गैंडाकोट। गैंडाकोट नगरपालिका वडा नम्बर ९ स्थित नवजागरण खेल मैदानमा भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ । आज भएको पहिलो खेलमा सुन्दर संगम युवा क्लब र विशाल चोक युवा क्लब बिच प्रतीस्पर्धा भएको थियो ।
जसमा सुन्दर संगम युवा क्बल विजयी भएको जिनाइन कल्बका सदस्य हिमाल ठकुरीले बताउनुभयो । गैंडाकोटको जिनाइन कल्बको आयोजनामा भएको भलिबल प्रतियोगितामा चितवन, तनहुँ, गैंडाकोट गरि १० वटा समुह विच प्रतिष्पर्धा हुने ठकुरीले जानकारी दिनुभएको छ ।
भलिबल प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १२ हजार र प्रमाणपत्र रहेको छ । खेल यहि २४ गतेका दिन सम्पन्न हुने छ ।








