हेटौँडा। मकवानपुर प्रहरीले अवैध लागूऔषध सहित एकजनालाई पक्राउ गरेको छ। बिहिबार राति ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरीले टोलीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा(१५ रोतोमाटेमा वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग १ च २८१७ नम्बरको पिकअप भ्यानलाई चेकजाँच गर्ने क्रममा १ सय ९३ एम्पुल डाइजेपाम, १ सय ८५ एम्पुल फेनारागन र २ सय ३ एम्पुल नुर्फिनसहित हेटौंडा उपमहानगरपालिका–१५ का वर्ष ३० का सुरेश नेपालीलाई पक्राउ गरेको हो। यता भ्यान चालक भने फरार रहेको र चालकको खोजी कार्य भइरहेको र पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।








