• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

बुटवल कोरा २०२२ : पुरा गरे ६० किलोमिटर यात्रा

  •   शनिबार, असार ३२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा ।  साइकलमार्फत रुपन्देहीका धार्मिक पर्यटकीय स्थलको प्रचारप्रसारसँगै सामाजिक सहयोगको उद्देश्यका साथ बिजी बेकर्स बुटवल कोरा २०२२ सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश खेलकुद विकास परिषद्, लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले शनिबार बुटवलको कालिका मानवज्ञान माविमा रिबन काटेर शुभारम्भ गर्दै साहसिक खेल साइक्लिङको सम्भावना प्रदेशमा बताए ।

    साइक्लिङ प्रत्यक्ष रूपमा मानवीय स्वास्थ्य र पर्यटनसँग जोडिएको भन्दै यसतर्फ सरकारको विशेष कार्यक्रम र योजनाहरू बनाउने प्रतिबद्धता जनाए । कोरा मार्फत धार्मिक, ऐतिहासिक, पुरातात्त्विक स्थलहरूको प्रचारप्रसारसँगै वातावरण जोगाउने अभियानलाई सचेतना जगाउने रूपमा रहेको बताए ।

    कार्यक्रमका आयोजक बुटवल युनाइटेड साइक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले रुपन्देहीका ह्याप्पी साइक्लिङ क्लब, तिनाउ साइक्लिङ क्लब, बुटवल साइक्लिङ ग्रुप, साइकल साथी सैनामैनाका साथै नवलपरासी जिल्ला साइक्लिङ संघको सहकार्यमा कार्यक्रम सम्पन्न भएको बताए । साइकिलेहरूको लागि दशैको रूपमा कोरा पर्व भएको भन्दै यसबाट प्रत्येक वर्ष धार्मिकस्थलहरूको प्रचारसँगै सामाजिक भावना विकास गर्ने बताए ।

    दैनिक जीवनमा साइकलको बढीभन्दा बढी प्रयोग गर्नसके यसबाट मानिसको स्वास्थ्य र पर्यावरण जोगाउन योगदान दिने रुपन्देही जिल्ला साइक्लिङ संघका उपाध्यक्ष अभिषेक भारीले बताए । करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

    कोराको मूल मर्म अनुसार सामाजिक क्षेत्रमा योगदान गर्दै आएको भेषराज गैरले बताए । कोरा कार्यक्रम केवल साइकल इभेन्टमात्र नभई यो साइकिलेहरुका लागि ठूलो पर्व भएको भन्दै उनले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए ।

    रुपन्देही जिल्ला साइक्लिङ संघका सदस्य तथा बुटवल साइक्लिङ क्लबका सदस्य स्वस्तिक श्रेष्ठले कोराको महत्त्व र कार्यक्रमबारे प्रकाश पार्दै कोरा बुटवलको संस्कृति बनेको दाबी गरे । साइकलमार्फत पर्यटन प्रवर्द्धनसँगै पर्यावरण जोगाउने पवित्र अभियानमा यस क्षेत्रका साइकिलेहरू लागेको उनले बताए ।

    बुटवलको कालिका मानव ज्ञान माविबाट सुरु हुने कोरा २०२२ को यात्रा मिलन चोक, भाटभटेनी सुपर मार्केट, हिलपार्क, सिद्धेश्वरी मावि, शिवनगर सामुदायिक वन, लडियाबास, मिलनचोक, पाल्पाली टोल, भलुही, देवदह मेडिकल कलेज, भुपुसैनिक, शिवपुर, ४ नम्बर, मणिग्राम, गोरकट्टा, फर्साटिकर, कपरकट्टी ताल (मिनी फेवाताल), नरेनापुर मन्दिर, उजेलापुर, मुक्तिनाथ धाम नयागाउँ, बेल्बास चोक, लायन्स आँखा अस्पताल, जलबिनायक मन्दिर, दुर्गा मन्दिर पुल्चोक, गोलपार्क, ट्राफिक चोक हुँदै पुनः कालिका मावि पुगेर समापन भएको सञ्चार संयोजक स्वस्तिक श्रेष्ठले बताए ।

    विश्वभर नै कोरा साइक्लिङ गरिँदै आएको भन्दै उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोडेर धेरै कार्यक्रमहरू गरिँदै आएको उनले बताए । कार्यक्रमका संयोजक रविलाल सुवेदीले विभिन्न उपसमितिमार्फत कार्यक्रम सञ्चालन गरिएको बताए । यो वर्ष कोरामा रुपन्देहीका ४ र नवलपरासी जिल्ला साइक्लिङ संघसहित १ सय ५० बढी साइक्लिष्टहरू सहभागी भएका थिए । कार्यक्रममा सहभागी सबै साइकिलेहरूलाई कोरा केन्द्रबाट उपलब्ध भएको मेडल र स्टाफ वितरण गरिएको थियो ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.