हेटौंडा । राक्सिराङ गाउँपालिकाको सदरमुकाम चैनपुर जाने सडक सुचारु भएको छ । पहिरोका कारण आँपखोल्सीमा सडक अवरुद्ध भएको थियो । आँपखोल्सीको पुल नजिकै पहिरो जाँदा सवारी संचालन हुन सकेको थिएन । आइतबार पहिरो पन्छाएपछि मनहरी–चैनपुर सडकमा यातायात सुचारु भएको गाउँपालिकाले जनाएको छ । यातायात सुचारु भएपछि आवातजावतसंगै बजारबाट दैनिक उपभोग्य सामग्री लैजान र गाउँका उत्पादन बजारसम्म ल्याउन सहज भएको छ ।








