हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर ६ चौघडामा रहेको वशं गोपाल माविले जिल्ला आयोजना कार्यन्वयन ईकाई (शिक्षा) को सहयोगमा ८ कोठे पक्की भवन निर्माणको कार्य थालनी गर्ने भएको छ । आईतबार सरोकारवालाहरुसंगको छलफलबाट भवन निर्माणको लागी निर्माण कार्य स्थल छनौट समेत समपन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा हेटौंडा उपमहानगरपालीका वडा नंबर ६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई,विद्यालयका प्राचार्य रमेश प्रसाद लामिछाने,शिक्षक शिक्षिका,अभिभावक लगाएतको सहभागीता रहेको थियो । धरनचतरा(गाईघाट(सकडखण्डमा विद्यालय भवन परेको र भत्कने भएपछि विद्यालयलाई भवन निर्माण गर्नु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शयाम प्रसाद श्रेष्ठले बताए । आज भएको छलफलबाट विद्यालयको भवन निर्माण स्थल छनौटका साथै बोलपत्र आब्हान लागी तयारी अगाडी बढाईएको समेत अध्यक्ष श्रेष्ठले बताए । जिल्ला आयोजना कार्यन्वयन ईकाइले भबन निर्माणका लागी विद्यालयलाई १ करोड ३० लाख सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताए ।








