चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको वच्चा जन्माउनु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई ९ घर भएकी ३० बर्षीया सीता लोप्चनले आज विहान पाँच किलोग्रामकी छोरी जन्माउनु भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका अनुसार उच्च रक्तचाप र वच्चाको ठूलो भएका कारण हेटौडा अस्पतालबाट उपचारका लागि आईतबार साँझ चितवन मेडीकल कलेज आउनु भएकी लोप्चनले आज विहान ९ वजे छोरीको जन्म दिनुभएको हो । आमा १ सय १२ किलो भएका कारण समेत शल्यक्रियामा समस्या आउन सक्ने भएकाले लोप्चनलाई चितवन पठाईएको उहाँले बताउनुभयो । चिकित्सकका अनुसार सामान्यता बच्चाको तौल २ किलो ५ सय ग्राम देखि ३ किलो ५ सय ग्राम सम्म हुने गर्दछ । लोप्चनको डा।बन्दना खनाल, डा। प्रेक्षा सिंह, डा। वसन्त शर्मा, डा। इन्द्रनारायण श्रेष्ठ, डा। मेनुका ताम्राकार सहितको टोलीले शल्यक्रिया मार्फच बच्चा निकालेको हो । अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको कलेजले जनाएको छ ।








