हेटौंडा । हेटौंडामा सोमबार साँझ पोखरीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ । मृत्युु हुनेमा हेटौंडा१४ रातोमाटेका आस्मिन थिङ रहेका छन् । खेल्ने क्रममा घर नजिकैको पोखरीमा डुबेका उनलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उद्धार गरि हेटौंडा अस्पताल पठाइएको थियो । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।








