हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध सहित हेटौंडाका ३ र विरगंजका १ गरी जम्मा ४ जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्ले तथा प्रहरी चौकी मयुरधापबाट खटिएको चेकिङ टोलीले लागूऔषध विनकरेक्स १०० मिलीको १९५ बोलत र नाइट्रोभेट ६०० ट्याब्लेट सहित हेटौंडा ९ का ३२ वर्षीय प्रदिप पाण्डे, हेटौंडा–१२ का २८ वर्षीय बिरेन मोक्तान, सोही ठाउँका बुद्धि घिसिङ र पर्सा विरगंज –२४ का १७ वर्षीय आशिष तिवारीलाई पक्राउ गरेको हो। पुर्व पश्चिम राजमार्ग अन्तर्गत विरगंज तर्फबाट हेटौँडा तर्फ आउँदै गरेको बिआर ६ एए ०६०५,ग ५ प ४२२३ र प्रदेश ३–०२–००२ प ४५४१ नम्बरको मोटरसाइकललाई चेकिङ टोलीले हेटौँडा-१५ पिपलचौतारामा चेकजाँच गर्दा उक्त परिणामको लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।








