सांकेतिक तस्विर
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ दोभानमा रहेको माण्डु हाइड्रोपावरमा शव फेला परेको छ ।हाइड्रोपावरको पानी जम्मा गर्ने स्थानमा एक पुरूषको शव फेला परेको हो । फोहर सफा गर्ने क्रममा बागमती खोलाले बगाई ल्याएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको र पोष्टमार्टमका लागि हेटौंडा ल्याउने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








