• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

आज दसैंको आठौँ दिनः नेवार समुदाय कुछी भ्वय खाँंदै

  •   सोमबार, असोज १७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भक्तपुर ।  आज दसैंको आठौ दिन अर्थात महाअष्टमीको देशभरका नेवार समुदाय कुछी भ्वय (भोज) खाँंदैछन् । नेपाल भाषामा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज । यस अर्थमा कुछी भ्वयको अर्थ दुईमाने भोज हो ।  दुई माना चिउराका साथ भोजका अन्य परिकार यो भोजमा खाने चलन छ ।

    नेवार समुदाय प्रत्येक वर्ष दसैको महाअष्टमीको दिन कुछी भ्वय खाएर महाअष्टमी मनाउने गर्दछन् । यो भोज थाल वा प्लेटमा नभई केराको पातमा राखेर खाने गरिन्छ । केराको पातमाथि विभिन्न परिकार राखी कुछी भ्वय खाने गर्दछन् ।

    केराको पातमा चिउरा, भटमाससहितका १२ थरीको परिकार राखी कुछी भ्वय खाने गरिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना) अदुवा, बोडी, केराउ, मस्याङ, घिरौँला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ ।
    दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको भनाइ भक्तपुरका स्थानीय बताउँछन् ।

    तर, इतिहासविद् डा वीरेन्द्रप्रसाद कायस्थका अनुसार खासमा कुलछी अथवा कुछीको अर्थ कुलभित्र मात्रै भन्ने अर्थ हो । समयको परिवर्तनसँंगै चाँंड मान्ने विधि र प्रक्रियामा आएको परिवर्तन भएको अनुसार अचेल कुलिँचा अर्थात् एक करुवा (दुई माना) चिउरा राखेर भोज खाने अर्थमा पनि अथ्र्याउने गरिएको उनी सुनाउँंछन् । महाअष्टमीको दिन दिउँंसो नुहाइधुवाई गरेर बेलुका कुलका सवै सदस्य एकै ठाउँं भेला भएर कुलछी भ्वय खाने उनी सुनाउँछन् । यो अप्रभंस भएर अअिले कुछी भ्वय हुन गएको उनको भनाइ छ ।

    केराको पात शुद्ध हुनुका साथै वैज्ञानिक रुपमा स्वास्थ्यको लागि उपयुक्त भएकोले केरोको पात भ्वयमा प्रयोग हुने गरेको भनाई छ । यही कारण केहीदिन अगाडिदेखि नै यहाँं ठाउँंठाउँंमा केराको पातको व्यापार पनि मौलाउँंदो छ ।

    यो भोज खाँंदा सपरिवार लहरै जेष्ठता अनुसार बसेर खाइन्छ । अरु जुनैबेलाको भोजमा आवश्यकता अनुसार चिउरा लिएर खाने गरे पनि यो भोजमा भने अनिच्छाए पनि दुईमाना नै नापेर चिउरा राखेर भोज खानुपर्ने चलन छ । यसकारण यसलाई कुछी भ्वय भनिन्छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.