• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

आज भक्तपुरमा खम्ये जात्रा, हजारौं भक्तजनले दर्शन गर्ने

  •   मङ्गलबार, असोज १८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भक्तपुर । भक्तपुरमा आज मंगलबार खम्ये (राँंगो) जात्रा हुँदैछ । प्रत्येक वर्ष दसैंको महानवमीको साँंझ यहाँं खम्ये दौडाएर खम्ये जात्रा गरिन्छ । भक्तपुरमा दसैंको क्रममा हुने विभिन्न जात्राहरुमध्येको एउटा ठूलो जात्रा खम्ये जात्रा हो । प्रत्येक वर्ष दसंैको महानवमीका दिन यहाँं निख्खर कालो ठूलो राँंगोलाई नगरभरि दौडाएर खम्ये जात्रा गरिन्छ ।

    यसलाई स्थानीहरु नेपाल भाषामा खम्ये जात्रा भन्दछन् । प्रत्येक वर्ष दसैंमा राष्टपति सवारी हुने भक्तपुरको प्रसिद्ध नवदुर्गा द्योछें (देवता घर)मा राखिराखेको राँंगोलाई साँंझ दौडाएर जात्रा सुरु हुन्छ । दौडाउनु अघि राँंगालाई रक्सी खुवाएर मातन लगाइन्छ । राँंगोलाई देवता घरबाट दौडाउन सुरु गरी नगरभरि परिक्रमा गराइन्छ । केही हुलले खम्येलाई दौडाएर जात्रा हुन्छ । जात्राको दिन राँंगा दौडाउने भक्तपुर नगरभरिका सडकपेटीहरुमा जात्रा हेर्ने भक्तालुहरुको हुल बाटोभरि लाग्छ ।

    भक्तपुर नगरपालिका ९- गछेंस्थित द्योछेंमा राखिएको खम्येलाई भक्तपुर नगरपालिका ८ ब्रम्हायण्ी मन्दिरमा पुयाएपछि जात्रा अन्त हुन्छ । विजया दशमीका लागि आवश्यक महिषासुरको प्रतीक मानिने खम्येलाई महानवमीको राति त्यहाँं बली दिइन्छ । नवमीको राति ब्रम्हायणीमा राँगाको वध गरेपछि भोलिपल्ट विजया दशमीका दिन त्यहाँ ठूलो मेला लाग्ने गर्दछ । मेला भर्न दसौं हजार श्रद्धालु ब्रम्हायणी पुग्छन् । दशमीमा मेला भर्न ब्रम्हायणीमा भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत छिमेकी जिल्लावासी त्यहाँ पुग्छन् ।

    राँगाको मासु जात्रामा विभिन्न जिम्मेवारी वहन गर्ने कसाइदेखि नवदुर्गाको मखुन्डो बनाउने चित्रकारसम्म सबैलाई बाँडिन्छ । यसअघि राँगोलाई नवमीसम्म द्योछेंमै पालेर राखिने गर्दछ । प्रत्येक वर्ष द्योछेंमा भित्याएपछि नवमीसम्म द्योछेंमा पाल्ने परम्परा चलिआएको छ । राँंगोलाई प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीदेखि नागपञ्चमीको वीचमा देवता घर भित्राइन्छ ।

    भित्राइएको राँंगो व्यक्तिले पैसा हालिदिएको हुन्छ । एक लाख भन्दा वढी पर्ने राँंगो किनेर हालिदिन वर्षाै लामो कुर्नुपर्ने हुन्छ । चढाउन चाहनेले क्रमबद्ध रुपमा राँगो चढाउन सक्ने व्यवस्था नवदुर्गा मन्दिरमा मिलाइएको छ । भगवानलाई चढाएपछि पुण्य पाइने भएकाले भाकल गरी भक्तालुले पैसा तिरेर राँंगो चढाइदिने चलन छ । वर्षेनी यसैगरी श्रद्धालु भक्तजनले खम्ये जात्राका लागि राँगो दिने गरेका छन् ।

    इतिहासविद् डा. वीरेन्द्रप्रसाद कायस्थ खम्ये जात्रा भक्तपुरको दशैंमा हुने विविन्न जात्रामध्ये आकर्षक जात्रा भएको बताउँंछन् । जात्रा हेर्न त्यो दिन नगरभरि भीड हुने उनको भनाई छ । दसैंको क्रममा सवैभन्दा ठूलो जात्रा भने विजया दशमीको दिन ब्रम्हायणीमा लाग्ने जात्रा हो । जुन हेर्न लाखौं मानिस सहभागी हुन्छन् ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.