• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नवलपुरको मध्यविन्दुमा विद्युतीय तारबारः स्थानीय भन्छन्ः ‘अब ढुक्कले बस्न पाइने भयो’

  •   आइतबार, असोज ३०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावरलाई बस्ती पस्नबाट रोक्नका लागि विद्युतीय तारबार गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ मा विद्युतीय तारबार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थानमा गैँडा, बँदेललगायतका जङ्गली जनावर पछिल्लो समय स्थानीयलाई दुःख दिन थालेका थिए । शनिबार गाउँको पूर्वी सिमानामा विद्युतीय तारबार गरिएको मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले बताउनुभयो । “जङ्गली जनावरका कारण स्थानीयले धेरै दुःख पाएको गुनासो गर्दै आएका थिए”, उहाँले भन्नुभयो, “अब केही हदसम्म भए पनि जङ्गली जनावर गाउँ छिर्नबाट रोकिन्छन् ।”

    यस वडा र चितवन राष्ट्रिय निकुञ्जलाई नारायणी नदीले छुट्याएको छ । “नारायणी तरेर जङ्गली जनावर गाउँ छिर्दा धनजनको क्षतिसमेत हुने गरेको थियो”, वडाध्यक्षमहतोले भन्नुभयो, “नदी तरेर आए पनि विद्युतीय तारबाट जङ्गली जनावर सहजरूपमा गाउँ छिर्न सक्दैनन् ।” रातको समयमा तारमा विद्युतीय झड्का छोडिने भन्दै उहाँले तारमा छोडिएको विद्युतीय झड्काले वन्यजन्तुलाई हानी नपु¥याउने बताउनुभयो । “गाउँको सिमानामा जडान गरिएको विद्युतीय तारबाट वन्यजन्तुलाई क्षति पुग्दैन”, उहाँले भन्नुभयो, “जनावर गाउँ प्रवेश गर्न खोज्दा तारमा छोइएको अवस्थामा उनीहरुलाई करेन्ट लाग्दैन तर तारले जताबाट आएको हो उतै धकेल्ने काम गर्छ ।”

    विद्युत् नभएको समयमा जेनेरेटर प्रयोग गरेरसमेत विद्युतीय झड्का दिइने उहाँको भनाइ छ । गाउँमा करिब चार वर्षदेखि विद्युतीय तार बिग्रिएर बसेको थियो । नारायणी नदीको किनारै–किनार जोडिएको विद्युतीय तार बिग्रिएपछि गाउँमा बँदेल र एकसिङ्गे गैँडाले सताउँदै आएको स्थानीय सूर्यप्रसाद रेग्मीले बताउनुभयो । निकुञ्जबाट गाउँ पसेको गैँडाले गत वर्षमात्रै दुई जना स्थानीयलाई आक्रमण गरी घाइते बनाएको उहाँको भनाइ छ । “गाउँ र नारायणी नदीको सिमानामा लगाइएको विद्युतीय तारमा रातिमा मात्रै विद्युत् छोड्ने गरी हेरालु राखेका छौँ”, उहाँले भन्नुभयो, “रातिमा जनावर गाउँ प्रवेश गर्न नपाएपछि दिउँसो त आउँदैनन् ।”

    रातिमा जनावर गाउँ छिरेको अवस्थामा भने दिउँसै गाउँमा गैँडाले आतङ्क मच्चाउने गरेको रेग्मीले बताउनुभयो । “एक हप्ता अगाडिमात्रै दिउँसो १ बजेतिर गैँडा गाउँमा पस्दा सबैको भागाभाग भएको थियो”, स्थानीय रेग्मीले भन्नुभयो, “गाउँ पसेको गैँडा लखेट्नका लागि निकुञ्जको लामाचौर पोष्टबाट हात्ती ल्याउनुपर्ने अवस्थासमेत आउँछ ।” बँदेल तथा गैँडाका कारण यहाँका बासिन्दाले धान तथा गहुँखेती लगाउनै छाडेका उहाँले बताउनुभयो । “धानबारीमा गैँडा गएर चर्ने तथा मडार्ने गर्छ”, रेग्मीले भन्नुभयो, “खेती लगायो तर, भित्र्याउन पाइँदैन भने मेहेनतमात्रै किन गर्नु भनेर धेरैले धान तथा गहुँखेती गर्नै छाडिसके ।” बँदेलले पनि तरुल, आलुलगायतका बाली खाइदिने गरेको जनाइएको छ ।

    वडाको पहलमा नगरपालिकाबाट विद्युतीय तारबार भएपछि भने अब खेतीपाती सुरक्षित हुनेमा स्थानीयवासी विश्वस्त छन् । ब्रम्हस्थानकी देवी पौडेलले अब जङ्गली जनावरको त्रास कम भएको बताउनुभयो । “पहिले त दिउँसै घरबाट बाहिर निस्कनसमेत डर हुने गरेको थियो”, उहाँले भन्नुभयो, “विद्युतीय तारबार लगाएपछि गाउँमा जनावर पस्दैनन् भन्ने सुनेका छौँ, त्यसैले अब ढुक्कले बस्न पाइने भयो ।” जनावरको त्रासका कारण साँझ परेपछि घर बाहिर निस्कनै डर हुने भएकाले गाउँ नै सुनसान हुने गरेको भन्दै अब भने गाउँमा रमाइलो माहौल छाउने उहाँको भनाइ छ । “चाडपर्वको समयमा पनि रमाइलो गर्न पाइने गरेको थिएन”, उहाँले भन्नुभयो, “अब भने ढुक्कले गाउँमा रमाइलो गरेर पर्व मनाउन पाइएला ।” रासस

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.