• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

शिवसुन्दर र राजेन्द्र एपिएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस च्याम्पियन

  •   शनिबार, मङि्सर ०३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । शिवसुन्दर गोथे र राजेन्द्र कपालीले दोश्रो एपिएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि शिव र ५० वर्षमाथि राजेन्द्र पहिलो भएका हुन् । विजेताद्वय गोड स्पिन टीटी एकेडेमीका हुन् । भैसेपाटीस्थित आयोजक नेपाल एपिएम प्रा.लि.को हलमा भएको ४० वर्षमाथि फाइनलमा तीन पटकका राष्ट्रिय च्याम्पियन शिवले अर्का राष्ट्रिय खेलाडी चन्दन शाहीलाई ११–४, ११–६ र ११–७ को सोझो सेटमा पराजित गरे ।

    ललितपुर टिटी क्लबका नवीनबहादुर शाक्य र सिवाइसी टिटी क्लबका रविन्द्र शाक्य तेश्रो भए । राजेन्द्रले ५० वर्षमाथि स्वर्ण भिडन्तमा ललितपुरका कपुर शर्मा पौडेललाई सिधा सेटमा १२–१०, ११–१ र ११–३ ले हराए । सिवाइसीका राजेन्द्र बज्राचार्य र कान्तिपुर भ्याली पिङपोङ क्लबका निशान प्रधान तेश्रो बने । भेट्रान पुरुष टिम इभेन्टमा गोड स्पिन (राजेन्द्र कपाली, शिवसुन्दर गोथे, रोशन प्रधान, रविनमुणि वज्राचार्य र जविन्द्र बज्राचार्य) पहिलो भयो । फाइनलमा गोड स्पिनले राजेन्द्र वज्राचार्य, रविन्द्र शाक्य, राजिप वज्राचार्य, किरण ब्यञ्जनकार र आनन्दरत्न धाक्वा सम्मिलित सिवाइसी टोलीलाई ३–१ ले पाखा लगायो ।

    ललितपुरका चन्दन शाही, जयराम महर्जन, निम जोशी, नवीनबहादुर सिंह र कपुर शर्मा पौडेल तथा आयोजक एपीएमका विश्वास गौचन, ठाकुर थापा, पूर्णशंकर श्रेष्ठ र सुमन खड्गी तेश्रो स्थानमा रहे । प्रतियोगिताअन्तर्गत पुरुषमा चार र महिलामा एक गरी पाँ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष ६० वर्षमाथि सिंगल्समा नेपालका रञ्जन सुब्बा पहिलो, दक्षिण कोरियाका नाम साङ वन दोश्रो तथा नेपालका आनन्दरत्न धाक्वा र जगदिश्वर जोशी तेश्रो भएका थिए । महिला ४० वर्षमाथि सिंगल्समा नेपालकी इन्दिरा पराजुलीले स्वर्ण, नेपालकी सम्झना पोखरेलले रजत तथा नेपालकी सरिता बस्नेत र दक्षिण कोरियाकी इम ए सुकले काँस्य जितेका थिए ।

    सोही प्रतियोगिताका दौरान यु–१६ ब्वाइज÷गल्र्स एकीकृत प्रतिस्पर्धा पनि गराइएको थियो । एपिएमका आशिष महता पहिलो, बुटवलका विसु सुनार दोश्रो तथा एपिएमकी योङ्गी पौडेल र दक्षिण कोरियाकी पार्क तेश्रो भएका थिए । भेट्रानतर्फ कुल पुरस्कार राशि चार लाख ५० हजार रुपैयाँ रहेको थियो । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २० हजार र १०–१० हजारका दरले नगद पुरस्कार प्राप्त गरे । यु–१६ का पदक विजेतालाई एक लाख रुपैयाँ बराबरको जिओम नेपालको टेबलटेनिस खेल सामाग्री प्रदान गरिएको थियो ।

    विजेतालाई टेबल टेनिसमा ओलम्पिककी स्वर्णधारी दक्षिण कोरियाकी याङ योङ जा, अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य, एपीएमका निर्देशक दानबहादुर महता, जिओम नेपालका प्रबन्ध निर्देशक ज्याकी महर्जनलगायतले पुरस्कृत गरेका छन् । भेट्रानमा सहभागीहरूको ‘लक्की ड्र’ गराइ एक विजेतालाई सामसुङ मोबाइल प्रदान गरिएको थियो । त्यसमा राजेन्द्र वज्राचार्य भाग्यमानी रहे । भेट्रानमा ७० तथा यु–१६ मा २८ खेलाडी सहभागी थिए ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.