हेटौँडा। मकवानपुर सहित बागमती प्रदेशमा कोरोना संक्रमित थपिने क्रम बढेसँगै र अग्रपंक्तिमा रहेर सुरक्षा प्रदान गरिरहेका प्रहरीलाई कोरोना संक्रमण देखिएपछि बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले मातहतका प्रहरी कार्यालयका ड्युटिमा खटिने प्रहरीलाई आजबाट ‘फेस सिल्ड’ उपलब्ध गराएको छ। सोहि अनुसार यता निषेधाज्ञा कडाइ गर्न मकवानपुरमा प्रहरीले आजबाट ‘फेस सिल्ड’ लगाएर डयुटी गरिरहेका छन्। मकवानपुरका विभिन्न स्थानमा निषेधाज्ञा कडाइ गर्न खटिएका प्रहरीले फेस सिल्ड लगाएर चेकजाँच गरिरहेका हुन । आजबाट हेटौँडामा संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालयले हेटौँडा नगर र मनहरी आसपासका राजमार्ग क्षेत्रमा थप कडाइका साथ बिहान ३ घण्टा खाद्यान्न र तरकारी पसल खोल्न अनुमति दिदै भदौ ९ गते सम्म निषेधाज्ञा थप गरेको छ। यता ‘फेस सिल्ड’ सहित फिल्डमा खटिएको प्रहरीको बारेमा बुझ्न मकवानपुर प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरलाई सम्पर्क गर्दा एसपी राठौरले मकवानपुरका प्रहरीनै संक्रमित हुन थालेपछि जोखिम कम गर्न बागमती प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको फेस सिल्ड लगाएर फिल्डमा डयुटीमा खटाइएको बताए।








