• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ६. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ७. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

भ्याली भ्यु स्कुलका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा सम्मानित, शिक्षक र विद्यार्थी पनि पुरस्कृत

  •   शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित भ्याली भ्यु स्कुल व्यवस्थापन समितिका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा सम्मानित भएका छन् । काठमाडौं महानगरपालिकाको २८औँ महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिका, शिक्षा विभागद्वारा वरिष्ठ शिक्षाविद् ओझालाई विद्यालय व्यवस्थापनको सफल नेतृत्व गरी विद्यालयको शैक्षिक विकास र प्रगतिमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सम्मान प्रदान गरेका हुन् ।

    महानगर दिवसका अवसरमा शिक्षा विभाग, काठमाडौंले आयोजना गरेका अतिरिक्त क्रियाकलापका तीन ओटा विधाका ६ ओटा क्षेत्रीय तथा केन्द्रीय सबै प्रतियोगितामा भ्याली स्कुलका शिक्षक तथा विद्यार्थीले जित हासिल गरी पुरस्कार प्राप्त गर्न सफल भएका छन् । पुरस्कृत हुनेमा अन्तर माध्यमिक विद्यालयस्तरीय शिक्षकहरूको वक्तृत्वकला प्रतियोगितातर्फ माध्यमिक तहका शिक्षक योगराज पौडेलले क्षेत्रीयस्तरमा प्रथम र केन्द्रीयस्तरमा द्वितीय स्थान प्राप्त गरी नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    छात्रछात्रातर्फ आधारभूत तहको चित्रकला प्रतियोगितामा भ्याली भ्यु स्कुलको कक्षा ७ की छात्रा प्रकृति शाक्यले क्षेत्रीय तथा केन्द्रीय दुवै प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छन् । यसैगरी माध्यमिक तहको निबन्ध प्रतियोगितामा पनि भ्याली भ्यु स्कुलको कक्षा १० का छात्र आविष्कार खड्काले क्षेत्रीय प्रतियोगितामा छनोट भई केन्द्रीय प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन् ।

    अतिरिक्त क्रियाकलापका विजयी शिक्षक तथा सबै विद्यार्थीलाई उपमेयर सुनिता डंगोलले नगद तथा प्रमाण–पत्र वितरण गरेकी थिइन् । भ्याली भ्यु स्कुलका प्राचार्य सुभाषचन्द्र भण्डारीले गुणस्तरीय शिक्षण सिकाइका साथै अतिरिक्त क्रियाकलापमा समेत विद्यालयलाई अब्बल बनाउने लक्ष्यअनुरूप बालविकासका आयाम अभिवृद्धि र विद्यार्थीको प्रतिभा निर्माणका लागि भ्याली भ्यु स्कुल सदैव अग्रसर रहेको बताए ।

    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ६.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.