• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

प्रतिपक्षको खबरदारी र सरकारको जवाफदेहीताबीच सन्तुलन अभाव छ : सांसद बराल

  •   बिहिबार, कार्तिक ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  ” प्रतिनिधिसभा सदस्य भएपछिको पहिलो दसैँ सांसद सुनिता बरालका लागि केही भिन्न अनुभूतिको रह्यो । आफन्त र टोल–छिमेकमा छोरी, चेली, बहिनी भनेर विगतमा गरिने व्यवहारमा सायद भूमिकाका हिसाबले केही परिवर्तन पा¥यो होला । उहाँसँग भेटघाटका अवसरमा व्यक्तिगत कुराकानीका साथै विकास, निर्माण र राजनीतिक स्थिति आदिबारे छलफल भए ।

    “देशको राजनीति किन यस्तो भएको होला ? र अबको राजनीति कुन दिशातिर मोडिएला ?” भन्ने प्रश्नहरू सांसद बरालका सामु तेर्सिए । बडादसैँका अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित गृह जिल्ला झापामा औपचारिक र अनौपचारिक राजनीतिक गतिविधिमा पनि संलग्न उहाँलाई जनस्तरमा राष्ट्रिय राजनीतिबारे देखिएको चिन्ता र जिज्ञासाले आफूहरू थप जिम्मेवार हुनुपर्ने बोध गरायो । कानुनमा स्नातकोत्तर बराल एमालेको समानुपातिकतर्फको प्रतिनिधिसभा सदस्यमा विद्यार्थी सङ्गठनबाट राजनीति गर्दै आउनुभएको हो ।

    विधिशास्त्रमा पढाइएको वा पढिएजस्तो सैद्धान्तिक रेखाबाट राजनीतिको बाटो नकोरिने रहेछ । कानुन निर्माणमा सांसदको भूमिका पनि उही सिद्धान्त वा कुनै मुलुकको अभ्याससँग नमिल्दो रहेछ । एमालेका केन्द्रीय उहाँ अन्तर्राष्ट्रिय अभ्यासका हिसाबले विधि निर्माण नै सांसदको काम हो भन्नेमा स्पष्ट हुनुहुन्छ तर गत निर्वाचनयता कति कानुन बने ? या त्यसमा सांसदको सक्रिय भूमिका कस्तो रह्यो भन्नेमा सांसद बराल सन्तुष्ट हुनुहुन्न । “कानुन निर्माणका लागि संसद्मा टेबल गर्ने काम सरकारको हो र संसद्लाई गतिशील बनाउन सरकारले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ ।

    सांसदलाई कानुन निर्माणमा पर्याप्त सहभागी गराउने काममा सरकार चुकिरहेको छ ।” उहाँ भन्नुहुन्छ, “यसमा हाम्रो पनि खबरदारी पुगेको छैन । कतिपय माग सुनुवाइ नभएर सदन नै अवरोध गर्नुपरेको छ । सरकार आफैँ जवाफदेही हुने र हामीले खबरदारी गर्ने कुरामा सन्तुलनको अभाव छ । कानुन बनाउने विषयमा सरकार बढी जिम्मेवारी हुनैपर्छ ।” प्रतिपक्षले उठाएका जायज कुरालाई यथासमयमै सरकारले सहीरुपमा सम्बोधन गरेमा सदन अवरोध गरिरहनु नपर्ने र प्रतिपक्षले पनि धेरै दिनसम्म अवरोध गर्ने कुरामा समीक्षा गर्नुपर्ने सांसद बराललको तर्क छ ।

    संसद्मा आफूहरूले उठाएका विषयमा सरकारले पर्याप्तरुपमा सुनुवाइ नगरेको उहाँको गुनासो छ । “एउटै कुरा कति पटक भन्नु ? सुनेर पनि नसुनेको जस्तो गर्नाले लोकतान्त्रिक व्यवस्थामा जनताप्रतिको जवाफदेहीता प्रदर्शन हुँदैन”, सांसद बराल भन्नुहुन्छ, “सार्वभौम संसद्प्रति सरकार जिम्मेवार हुनुपर्ने हो तर यहाँ त जवाफदेहीता कत्ति पनि पाइएन । संसदीय प्रक्रियामा पनि कमीकमजोरी छन् । संसदीय नियमावली र प्रक्रियालाई फेरबदल गर्नुपर्छ । सांसदले केबल अभिलेख र आत्मसन्तुष्टिका लागि मात्रै बोलेकोजस्तो भएको छ ।

    यसमा परिवर्तन गर्नुपर्छ ।” यस विषयमा कसलाई बढी जिम्मेवार मान्नुहुन्छ ? भन्ने प्रश्नमा सांसद बरलाको जवाफ छ, “पहिलादेखि चल्दै आएको संसदीय अभ्यासलाई निरन्तरता दिने मनोविज्ञानको नेतृत्व र जवाफदेही नभए पनि फरक पर्दैन भन्ने सरकारको सोच गलत छ ।” सांसद विकास निर्माणका कामका लागि मन्त्रालयतिर धाउनुपर्ने स्थितिको अन्त्य नभएको स्वीकार गर्दै उहाँ विकास निर्माणसँग जोडिएका काम स्थानीय तहबाट हुन्छ भन्ने आफूहरूले बुझाउन नसकेको, भौतिक पूर्वाधारका काम नभए जनताले नपत्याउने र फेरि जित्न नसक्ने खालको निर्वाचनको ढाँचाका कारण यस्तो भएको टिप्पणी गर्नुहुन्छ ।

    जनताले पनि सङ्घीयताप्रतिको ढाँचालाई सहीरुपमा आत्मसात् गर्नुपर्ने सांसद बरालको सुझाव छ । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्ष भएर नेतृत्व गरिसक्नुभएका उहाँले सांसदमा शिक्षाका विषयलाई नै केन्द्रमा राखेर बढी आफूले बोल्ने गरेको बताउनुहुन्छ । अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा रहेकाले त्यस समितिका दायरामा पर्ने विषयमा रुचि बढाउँदै बोल्ने गरेको जानकारी दिँदै सांसद बराल सदनमा आफ्नो पहिलो मन्तव्यमा सङ्घीय शिक्षा ऐन छिटो ल्याउन माग गरिएको उल्लेख गर्नुहुन्छे ।

    अहिले उक्त ऐन विचाराधीन अवस्थामा छ । विद्यालय शिक्षा विधेयक, २०८० लाई विद्यालयको संरचनागत सुधार, लगानीवृद्धि, गुणस्तर र सङ्घीयता अनुकूल हुनेगरी परिमार्जन गर्न उहाँले संशोधन प्रस्ताव पेश गर्नुभएको छ । नेपाल शिक्षक महासङ्घसँगका सहमतिको कार्यान्वयन कसरी हुन्छ त भन्ने प्रश्नमा सांसद बराल सहमतिका अतिरिक्त सङ्घीयतालाई आत्मसात् गर्दै स्थानीय सरकारको संवैधानिक भूमिकालाई सम्मान गर्ने गरी विधेयकलाई परिकृष्त गर्नुपर्ने जोड दिनुहुन्छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.