• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

पैसा खर्च गरेर ‘माननीय’ बन्ने प्रवृत्तिले भ्रष्टाचार र अस्थिरता निम्त्यायो– सांसद शाही

  •   शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  ।  नेपाली कांग्रेसका नेता दिक्पालकुमार शाही पार्टीमा कुनै योगदान नै नभएका पनि पैसा खर्च गरेकै भरमा उम्मेदवार बन्ने गलत प्रवृत्तिलाई प्रश्रय दिएकाले समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “राजनीतिलाई सेवा नभई खरिदबिक्री गर्ने, सङ्गठनमा दुःख नगरी पैसाका आधारमा ‘माननीय’ हुने अनि राजनीतिमा अस्थिरता निम्त्याउने समानुपातिक निर्वाचन प्रणाली नै हो । भ्रष्टाचार अन्त्य गर्न सबैभन्दा पहिला यो प्रणाली नै हटाउनुपर्छ ।”

    ‘सांसदसँग रासस संवाद’मा नेता शाहीले प्रत्यक्ष निर्वाचन प्रणालीभित्रै समानुपातिक समावेशिताका आधारमा महिला, आदिवासी, मधेसी, दलितलगायत समुदायको स्थान सुरक्षित गरी त्यसैभित्र प्रतिस्पर्धा गराउनुपर्नेमा जोड दिनुभयो । सांसद शाही भन्नुहुन्छ, “समानुपातिक प्रणालीले देशमा कहिल्यै राजनीतिक स्थिरता दिँदैन । स्थिरता नभई जनताले सुशासनको अनुभूति गर्दैनन् । विकास र आर्थिक समृद्धि प्राप्त गर्न सकिन्न, त्यसैले यसप्रति समयमै सोच्नुपर्छ ।” जिल्ला तहमा कांग्रेसमा ३५ वर्षदेखि निरन्तर क्रियाशील शाही दैलेख जिल्ला शिक्षक सङ्घका संस्थापक उपसभापति, जिल्ला विकास समिति सदस्य, नेका जिल्ला उपसभापति हुँदै पार्टीको १४ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनुभयो ।

    जिल्ला र निर्वाचन क्षेत्रमा बाटो, पानी, बिजुली, स्वास्थ्य र शिक्षासम्बन्धी विभिन्न समस्या रहेकामध्ये केही सम्बोधन भएको, कतिपय हुनेक्रममा पुगेको तथा केही बाँकी रहेको जनाउँदै उहाँले जिल्लाका समस्या र मागमा मतदाताको निरन्तर प्रश्न र खबरदारीले आफूलाई थप योगदानका लागि प्रेरणा दिइरहेको बताउनुभयो । राजनीतिक क्षेत्रमा लामो समय बिताए पनि केन्द्रीय संसद्मा पहिलो प्रवेश भएकाले अभ्यासका क्रममा कतिपय विषयवस्तु सिक्ने र सिकाउने क्रम चलिरहेको बताउँदै सांसद शाहीले निर्वाचनमा मतदातासँग गरिएको प्रतिबद्धता पूरा गर्न आफूले गरेको प्रयासलाई पनि जनताले ठिकै मानिरहेको अनुभूति सुनाउनुभयो ।

    उहाँका अनुसार ऐतिहासिक, धार्मिक र कर्णाली सभ्यताको आधार क्षेत्र दैलेखमा पानीमा ज्वाला बल्ने पेट्रोलियम पदार्थको खानी मात्र नभई दुल्लु र धार्मिक क्षेत्र पञ्चकोशी विकास निर्माणका आधारस्तम्भ हुन् । जिल्लाका केही स्थानमा अझै खानेपानी जटिल समस्याका रूपमा छ । त्यस चुनौतीलाई सामना गर्न विभिन्न प्रयास भइरहेको छ । आठबिसमा २० शय्याको अस्पताल, केही विद्यालय निर्माण र सडक कालोपत्रेको कामलाई प्राथमिकतामा राखिएको छ ।

    केन्द्रीय सांसदको मुख्य जिम्मेवारी कानुनभन्दा विकास निर्माण हो र भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ, “देशको भूगोल, निर्वाचनमा गरिएको वाचा, चुनावी घोषणापत्र, जनचाहना, समाज र परिस्थितिका कारणले कानुनभन्दा विकास निर्माण, रोजगारी, बाटो, खानेपानी र विद्यालयका आवाज प्राथमिकतामा पर्छ ।” सांसदले कानुन निर्माणभन्दा अदालतमा परेको मुद्दासमेत सांसदले भनेर जिताइदियोस् भन्ने मान्यता गाउँघरमा अझै स्थापित रहेको बताउँदै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा विकास निर्माणमा एकरूपता हुन नसकेको उदाहरण प्रस्तुत गर्नुभयो ।

    परिवर्तनका पक्षधरका रुपमा आफूले प्रत्येक आन्दोलनमा सुशासनका कुरा उठाएको सुनाउँदै नेता शाहीले भनसुन र भ्रष्टाचार मौलाउने तथा सुशासन कमजोर हुने परिस्थिति नै वितृष्णाको कारक भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “राणाशासन र पञ्चायतकालमा भन्दा अहिले धेरै विकृति मौलाएको छ । भ्रष्टाचार अन्त्य नभई जनताले सुशासन पाउँदैनन् । अनियमितता र विकृति हाकाहाकी छ, यसको जालोलाई तोड्न सबैले सोच्नुपर्छ । सबै मिलेर काम गर्नुपर्छ ।”

    संसदीय प्रणालीमा प्रतिबद्ध रही झोपडी र गाउँमा बस्नेलाई हेरेर विकास निर्माणका खाका तय गर्नुपर्छ भन्ने मान्यता राख्ने कांग्रेसमाथि प्रमुख प्रतिपक्षलगायतले निरन्तर आक्रमण गरिरहेको आरोप लगाउँदै सांसद शाहीेले कर्मचारीलाई उचालेर आन्दोलन गर्ने तथा निरन्तर सदन अवरोध गर्नेजस्ता उदाहरण प्रस्तुत गर्नुभयो । एक अर्काे प्रसङ्गमा उहाँले सामाजिक सञ्जालका कारण विरोध गरेर मजाक लिने प्रवृत्ति सदनमा समेत देखिएको बताउँदै भन्नुभयो, “एक जिम्मेवार व्यक्तिले त्यसो गर्न मिल्दैन, देश र दुनियाँका समस्या उठाउनुपर्छ, त्यसमा बहस गर्नुपर्छ, उच्छृङ्खल पक्षलाई छाड्नुपर्छ ।”

    नागरिकमा राज्य र समाजप्रतिको विश्वास घट्दै गएकामा चिन्ता व्यक्त गर्दै सांसद शाहीले सदनमा आफू नयाँ भए पनि मुख्य समस्या गरिबी न्यूनीकरण तथा शिक्षालाई गुणस्तरीय बनाउन केही गराँै भन्ने भावनाका साथ लागिपरेको सुनाउनुभयो ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.