• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

राष्ट्रिय हितमा सबै शक्तिको साझा धारणा आउनुपर्छ : नेत्री राजभण्डारी

  •   मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  नेपाली कांग्रेसकी नेत्री सपना राजभण्डारी राष्ट्रियता र राष्ट्रिय हितका विषयमा देशका सबै राजनीतिक शक्तिको साझा धारणा आउनुपर्ने बताउनुहुन्छ । जनता र देशका हितका सवालमा सबै शक्ति एकै ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उहाँले एक पक्षले उठाएका विषयलाई अर्काले खण्डन गर्दै जुहारी खेल्ने काम भइरहेकामा त्यसमा सुधारको खाँचो औँल्याउनुभयो । सांसद राजभण्डारी भन्नुहुन्छ, “मुलुकको हित हुने विषयमा सरकार, प्रमुख प्रतिपक्षलगायत पक्ष एक ठाउँमा उभिनुपर्छ, अहिले त्यस्ता विषयमा समेत सदनमा दलहरूबीच जुहारी खेलेजस्तो अनुभव भइरहेको छ ।”

    नेत्री राजभण्डारीले नेतृत्वले देश, समाज र जनतालाई ठिक बाटाबाट डोहोर्याउन पार्टीको आन्तरिक जीवनमा प्रशिक्षण दिनुपर्नेमा जोड दिनुभयो । ‘सांसदसँग रासस संवाद’मा प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट निर्वाचित सांसद उहाँले विभिन्न विधि र प्रक्रिया रहेका कारण राजनीतिकरूपमा बाहिरबाट कल्पना गरिएजस्तो आफूले सदनमा महसुस गर्न नपाएको उल्लेख गर्दै कानुन निर्माणका हिसाबले जति काम गर्नुपथ्र्याे, त्यो अनुभव गर्न पाइएन भन्नुभयो । पछिल्लो निर्वाचन परिणामले प्रमुख राजनीति दलप्रति जनतामा केही वितृष्णा आएको पक्षलाई नकार्न नमिल्ने बताउँदै सांसद राजभण्डारीले आस्थाका आधारमा नभई जनताकेन्द्रित कार्यक्रम ल्याएर तिनमा उत्साह भर्न सकिने धारणा राख्नुभयो ।

    उहाँको कार्यक्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाको नेवारी समुदायको सांस्कृतिक सम्पदा, जात्रा, डबली र मठमन्दिर भएको क्षेत्र छ । नेपाल विद्यार्थी सङ्घबाट राजनीति यात्रा प्रारम्भ गर्नुभएका सांसद राजभण्डारीले काठमाडौँ जिल्लामा पार्टी सङ्गठन विस्तारमा सक्रियपूर्वक योगदान पुर्याउँदै आउनुभएको छ । सहरी र सानो निर्वाचन क्षेत्र भएकाले खानेपानीबाहेक विकास निर्माणका हिसाबले मतदाताको खासै गुनासो नआएको सांसद राजभण्डारी बताउनुहुन्छ ।

    निर्वाचन क्षेत्र नं ८ का मतदाता संस्कृति संरक्षणसम्बन्धी विषय धेरै उठाउँछन् । विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका, स्वयम्भूसहित यहाँ नेवारी संस्कृति धेरै छ । इन्द्रजात्रा र अरू जात्रा तथा गुठीका संरक्षणको विषय प्रखररूपमा उठ्ने गरेको छ । पुरातात्त्विक महत्त्व बोकेको क्षेत्र भएकाले यसको संरक्षण र संवद्र्धन गर्नु राज्यको दायित्व भएको विचार प्रकट गर्दैसांसद राजभण्डारीले ती संरचना र संस्कृतिलाई जोगाउन तथा व्यवस्थित गर्न सकिएमा संसारकै आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सकिने प्रशस्तै सम्भावना बोकेको छ भन्नुभयो ।

    सदनमा शून्य, विशेष र आकस्मिक समयमा विभिन्न महत्त्वका जल्दाबल्दा विषय उठाइए पनि सम्बोधन भने नभएको गुनासो गर्दै नेत्री राजभण्डारीले असल जनप्रतिनिधि बन्न कानुन निर्माणको जिम्मेवारी पूरा गर्दै जनताका समस्या बुझ्ने र सम्बोधनमा लाग्नुपर्नेमा जोड दिनुभयो । सांसद राजभण्डारीले सदनमा हुने बहसको प्रत्यक्ष प्रसारणको व्यवस्था भई जनताले नजिकबाट नियालिरहेकाले अभिव्यक्ति र प्रस्तुतीकरणमा देखिने अशोभनीय विषयलाई तत्काल सुधार गर्न तत्तत् राजनीतिक दलका नेतृत्वले सांसदलाई सुझाव र प्रशिक्षण दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

    कांग्रेस नेता नवीन्द्रराज जोशीकी धर्मपत्नीले महिला भएकै कारण सदनमा अवसर प्राप्त गर्ने सन्दर्भमा असहजता भोग्नु नपरे पनि बोल्न समय दिँदा कहिलेकाहीँ आफ्नो नाम पछि परेको हो कि भन्ने अनुभूति सुनाउनुभयो । एक प्रसङ्गमा उहाँले भन्नुभयो, “अहिले निर्वाचन प्रणाली खर्चिलो छ, निष्ठाको राजनीतिक ओझेलमा परेको पनि सुनिएको छ, आचारसंहिता पालना राम्रोसँग हुन सकेन । राम्रो अभ्यासलाई होइन, नराम्रा विषयलाई अनुसरण गरिँदा यो अवस्था आएको हो ।”

    विधेयक ल्याउने विषयमा सांसदलाई पूर्वजानकारी दिने तथा त्यसबारे छलफल गर्ने र बुझाउने विषय संसदीय दलमा खासै नहुने गरेको उहाँले बताउनुभयो । उहाँले भ्रष्टाचारका कारण जनतालाई छिटोछरितो र सुलभरूपमा सेवा प्राप्त गर्न चुनौती खडा भइरहेको अनुभव पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार, अनियमितता र महँगीविरुद्ध जनताले निरन्तर खबरदारी गर्नुपर्ने देखिएको छ । अन्यायविरुद्ध आवाज नउठाएसम्म गलत कार्य रोकिँदैन । सांसदले पनि सदनमा आफ्नो आवाज मुखरित गर्नुपर्छ ।”

    अहिले विदेश पलायनको स्थिति हेर्दा केही वर्षमै युवा, विद्यार्थी मुलुकमा रहलान् र भन्ने प्रश्न उब्जिरहेको उल्लेख गर्दै सांसद राजभण्डारीले मुलुकको ठूलो जनशक्ति युवालाई पढाइ सकिनेबित्तिकै रोजगारीको सुनिश्चिता दिलाउन विभिन्न राष्ट्रिय कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा दिने, बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने, थप रोजगारीका क्षेत्र विस्तारलाई प्राथमिकता दिने गर्नुपर्छ, यसले तिनमा देशभक्ति बढाउँछ र रोजगारी पनि दिलाउँछ ।”

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.