• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

विद्यार्थी सामाजिक र सांस्कृतिक परिवर्तनका अगुवा बन्नुपर्छ : डा दास

  •   बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काभ्रे । शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा गौरीशङ्करलाल दासले विश्वविद्यालयका दीक्षित विद्यार्थीहरु सामाजिक र सांस्कृतिक परिवर्तनका अगुवा बन्न सक्नुपर्ने बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालयको आज सम्पन्न २९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले गुणस्तरीय शिक्षाका लागि नमूना संस्थाबाट उत्पादित दीक्षित विद्यार्थीहरु नै समाज परिवर्तनका अगुवा हुन् भन्ने उद्देश्यले काम गर्नुपर्ने सुझाव पनि दिनुभयो । डा दासले समाज परिवर्तनसँगै देखिने विकृति र विसङ्गतिको अन्त्य गर्न तयार हुनुपर्ने तर्क गर्दै समाजबाट भ्रष्टाचार निर्मूल गर्ने काममा कर्मशील भई लाग्ने बर्ग भनेको पनि विद्यार्थी नै हो भन्नुभयो ।

    समाजमा भ्रष्टाचार र कुरीति बढिरहेको अवस्थामा आफ्नो जीवन चलाउने योग्यता हासिल गर्नेमात्र विद्यार्थीको काम नभएको र समय अनुकूल राज्यले जुटाइदिने सुविधामा नै चुस्त व्यवस्थापन र न्यायोचित वितरणको वातावरणमा काम गर्न सक्नुपर्नेमा सुझाव उहाँले आज दीक्षित भएका विद्यार्थीलाई दिनुभयो । दीक्षित भएकामध्ये केही राष्ट्रसेवक हुने अनि केही राज्यको नीतिनिर्माण तहमा पुग्ने सम्भावना रहेको भन्दै उहाँले आफू जुन क्षेत्रमा लानेर सेवा गर्ने हो त्यस कार्यका लागि जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

    डा दासले स्वास्थ्य लगायतका सेवा र सुविधा मुलुकका सबै सर्वसाधारणका लागि सुलभ बनाइदिने काममा लाग्न पनि आग्रह गर्नुभयो । समारोहमा उहाँले भन्नुभयो, “आफू सफल बन्ने नाममा, सुखी बन्ने ध्याउन्नमा, अनि शक्तिशाली बन्ने उन्मादमा आफूभन्दा कमजोर मानिसहरूको बाध्यतामा खेल्ने अनि उनका सन्ततिहरूको सफलता र सुखको जरो उखेल्ने काम नगर्नूहोला ।” उहाँले भौतिक सुख सुविधापरस्त जीवनशैलीको उत्कट चाहन लिएर शिक्षा, स्वास्थ्य, सेवा र सम्बन्धलाई हेरियो भने समाजमा सह–अस्तित्वको जग हल्लिने भन्दै प्रतिकुल परिस्थिति र अभावमा पनि काम गर्न सक्ने मानसिकता बनाउन सकेमात्र देशको सेवा हुने पनि सुझाव दिनुभयो ।

    डा दासले सन्तानहरू अन्यत्र पलायन भइदिँदा अहिले धेरैजना ज्येष्ठ नागरिकहरू आफैँ संरक्षणको खोजीमा छट्पटाउनुपर्ने स्थितिमा पुगेको तथ्य पनि खोल्नुभयो । जीवनको उत्तराद्र्धमा फेरि आफ्नो खुट्टामा उभिन सङ्घर्ष गर्नुपर्ने परिस्थितिमा आफ्ना मातापितालाई नपु¥याउन आग्रह गर्दै उहाँले गाउँघरका विकास कार्यमा सहभागी हुन र ज्येष्ठ नागरिकहरूको अभिभारा बन्न पनि दीक्षितहरुलाई आग्रह गर्नुभयो । देशमा लामो समय चिकित्सा सेवा गरेका ९९ वर्षीय डा दासले दीक्षित विद्यार्थीहरुलाई अरूको आलोचनालाई स्वागत गर्न सुझाव दिनुभयो । कसैले गरेको आलोचनाबाट आत्तिने नभएर त्यसबाट आफूले सक्नेजति शिक्षा लिन र त्यो आलोचनाबाट आफूलाई सच्याउने बानीको विकास गर्नुपर्ने सुझाव दिनुभयो ।

    साथै कहिल्यै पनि बिफलताबाट निराश नभई पाठ सिक्नुपर्ने उहाँको सुझाव थियो । उहाँले भन्नभयो, “बिफलतालाई सफलतामा परिणत गर्न सक्ने हुनुपर्छ । विद्यार्थी भनेको वनमा उम्रेको जटीबुटी जस्तै उपयोगी र बहुगुणी हुनसक्नुपर्छ ।” कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले प्रारम्भदेखि नै काठमाडौँ विश्वविद्यालयले वातावरणीय विज्ञान र इन्जिनियरिङ क्षेत्रमा विभिन्न शैक्षिक कार्यक्रमहरूमार्फत जलवायु परिवर्तनलाई सम्बोधन गरी दिगो विकासलाई प्रवद्र्धन गर्ने काम गरेको बताउनुभयो ।

    विश्वविद्यालयमा हाल स्नातक तहदेखि ग्लेसियोलोजी, प्राकृतिक स्रोत, वन्यजन्तु व्यवस्थापन, ऊर्जा प्रणालीको योजना र सञ्चालन जस्ता विषयहरू अध्यापन हुँदै आएको र विद्यावारिधिसम्मको अध्यापन हुँदै आएको छ । उपकुलपति थापाले गत वर्ष विद्यार्थी भर्ना दर ७० प्रतिशत मात्रै रहेकामा यस वर्ष स्नातक तहमा उपलब्ध सिट सङ्ख्याको ८५ प्रतिशत भर्ना गर्न सफल भएको बताउनुभयो । नेपाली विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि विदेश पलायन हुनाले विगतका केही वर्षहरूदेखि नेपालका विश्वविद्यालयमा विद्यार्थी भर्ना दरमा ह्रास आउनु आफैँमा गम्भीर विषय भएको उहाँको भनाइ थियो ।

    स्नातकहरूलाई रोजगारीको अनुभूति गराउन सकिएन भने उनीहरूलाई विदेश पलायन हुनबाट पनि रोक्न पनि सकिँदैन भन्ने महसुस गरी उद्योग सहकार्यमार्फत रोजगार योजना सञ्चालन गरेको बताउँदै उहाँले यस वर्षदेखि काठमाडौँ विश्वविद्यालयले एकेडेमिया कार्यको पहलअन्तर्गत शीर्ष स्नातकहरूलाई विश्वविद्यालय वा साझेदार संस्थाहरूमा एक वर्षका लागि रोजगारी सुनिश्चित गर्ने कार्यक्रमसमेत ल्याएको जानकारी दिनुभयो । त्यस्तै, विश्वविद्यालयले अस्ट्रेलियामा व्यवस्थापन र सूचना प्रविधिका केही कार्यक्रमहरू छिट्टै विस्तार गर्न लागेको र हङकङमा ब्याचलर इन बुद्धिस्ट स्टडिज कार्यक्रम शुरुआत गर्ने योजनामा रहेको बताउनुभयो ।

    स्वास्थ्य सेवालाई किफायती, पहुँचयोग्य र विश्वव्यापी विकासका साथ अद्यावधिक गर्न काठमाडौँ विश्वविद्यालयले निकट भविष्यमा सुपर स्पेसियालिटी अस्पताल स्थापना गर्ने महत्वाकाङ्क्षी योजनाका लागि पहल गरिरहेको उहाँको भनाइ छ । अहिले मेन्टल हेल्थ रिसर्च सेन्टर सञ्चालनमा आइसकेको र निकट भविष्यमा नै डाइबेटिज रिसर्च सेन्टर र अस्पताल पनि सञ्चालनमा ल्याउने अभियानमा जुटिसकेको उहाँले बताउनुभयो ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.