• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

राम्रा काम गरेर देखाउन कांग्रेस जनप्रतिनिधिलाई महामन्त्री थापाको निर्देशन

  •   शनिबार, पुष १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको तीन वटै तहका सरकारमा रहेका कांग्रेसका जनप्रतिनिधिलाई देश र जनताको पक्षमा राम्रा काम गरेर देखाउन निर्देशन दिनुभएको छ । कांग्रेस भक्तपुर क्षेत्र नं २ ले आज यहाँ आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दैै महामन्त्री थापाले कांग्रेसबाट प्रतिनिधित्व गरेका वडा, पालिका, प्रदेशदेखि सङ्घीय सरकारसम्म सबैले राम्रो काम गरेर देखाउनुपर्ने बताउनुभयो । नेता थापाले भन्नुभयो, “हामी जताततै सरकारमा छौँ, वडामा अध्यक्ष, गाउँपालिकामा अध्यक्ष, नगरपालिकामा प्रमुख, प्रदेशमा मुख्यमन्त्री, मन्त्री छौंँ, सङ्घीय सरकारमा मन्त्री छौँ, सांसद पनि छौँ ।

    जताततै सरकारमा कांग्रेस बहुमतमा छौँ, तर जताततै समस्या छ, समस्या हटाएर शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा राम्रा काम गरेर देखाउन सके कुनै मिसन ८४ कुर्नुपर्दैन, जनता आफैले कांग्रेसलाई बहुमत दिन्छन् ।” महामन्त्री थापाले वडा, नगरपालिका प्रमुखका उम्मेदवारको टिकट सोही ठाउँका क्रियाशील सदस्यले मतदान गरेर चुनेर पठाउनुपर्ने बताउनुभयो । आगामी निर्वाचनमा कांग्रेसले कुनै हालतमा गठबन्धन नगर्ने बताउँदै उहाँले आफू देश दौडाहामा जाँदा अर्को पार्टीको चुनाव चिह्नमा मतदान गर्दाको कार्यकर्ताको पीडाले मन दुःखेको बताउनुभयो ।

    महामन्त्री थापाले भन्नुभयो, “कांग्रेस आफै एक्लै चुनाव लड्न सक्षम छ, चुनाव जित्ने नाममा कुनै पार्टीसँग अब गठबन्धन गर्दैन, कांग्रेसले राम्रो काम गरेर देखाउन सके जनताले पत्याउँछन्, नसके हार्छ, कांग्रेस हार्न तयार छ, तर गठबन्धन गर्न तयार छैन, यो निर्णय अब महासमिति बैठकले गर्छ ।” उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वास गरेर सरकारको नेतृत्व गर्न दिएको बताउनुभयो । देशमा कांग्रेस नभए जातीय, धर्म वा अन्य कुनै अतिवादको चपेटामा परेर देश गृहयुद्धमा फस्ने दाबी गर्दै महामन्त्री थापाले बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटना जनआक्रोसको एउटा नमुना भएको बताउनुभयो ।

    देश दौडाहामा जाँदा अहिले जहाँततै नेपाली कांग्रेस सकियो, सबै भत्कियो भनेर कांग्रेसकै कार्यकर्तामा निराशा छाएको बताउनुभयो । कार्यक्रममा भक्तपुरका पुराना कांग्रेस नेता तिलकप्रकाश कायस्थ, बिमली आचार्य, लेखनाथ न्यौपानेलाई जिउँदा शहीदको उपनाम दिँदै दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी महामन्त्री थापाले सम्मान गर्नुभयो । कांग्रेस भक्तपुर क्षेत्र नं २ का सभापति भेषबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमा पौडेल, मदनकृष्ण श्रेष्ठलगायतका नेताहरुले कांग्रेसलाई अगाडि बढाउन सुदृढिकरण अभियान लिएर जानुपर्ने बताउनुभयो ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.