• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

‘प्रजातन्त्र पुनःस्थापना गर्न नेता पाठकको योगदान महत्वपूर्ण’

  •   शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुरधाम । तत्कालीन पञ्चायत व्यवस्था विरोधी आन्दोलनका अगुवा नेता सत्यनारायण पाठकको ३६औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । बिहीबार सहिद सत्यनारायण पाठक प्रज्ञा–प्रतिष्ठान जनकपुरधामको आयोजनामा भएको कार्यक्रमका सहभागीले दलका नेताले प्रजातन्त्र पुनःस्थापनाका लागि नेता पाठकले पु¥याएको योगदानको चर्चा गर्नुभयो ।

    कार्यक्रमका नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले स्व पाठकले प्रजातन्त्र पुनःबहाली, नागरिक अधिकार र सामाजिक हितका क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । विसं २०४५ पुस २६ गते सार्वजनिक जग्गा अधिग्रहण गरी बस्ती बसाउने योजनाविरुद्धको आन्दोलनमा राज्य पक्षले पाठकको हत्या गरेको बताइएको छ ।

    कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झाले परिवर्तन र सार्वजनिक हितका लागि पाठकले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभयो । कार्यक्रममा कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, महन्थ नवलकिशोर बाबा (यादव) लगायतले आपसी सद्भाव, एकता र समन्वयका साथ क्रियाशील हुनसकेमा मात्रै सहिदको सपना हुने धारणा राख्नुभयो ।

    यस्तो छ पाठकको योगदान

    हिद सत्यनारायण पाठक प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष शुभचन्द मिश्रका अनुसार जनकपुरधामा सुरुदेखि नै भित्रभित्रै पञ्चायतविरोधी आन्दोलन भइरहेको थियो । कांग्रेसमा आस्थावान् नेता पाठक पनि सोही आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । सोही कारण विसं २०४२ जेठ ६ गतेदेखि सुरुआत भएको सत्याग्रहमा क्रियाशील पाठकले गिरफ्तारी दिई नौ महिनासम्म जलेश्वर कारागारमा जीवन व्यतित गर्नुभयो । काराबासबाट फर्केको केही समय मात्रै भएकाले उहाँ तत्कालीन पञ्चायती सरकारको नजरमै हुनुहुन्थ्यो ।

    यही बीचमा तत्कालीन जनकपुुर नगर पञ्चायतद्वारा जनकपुर–७, ८ र १३ का करिब चार सय ८५ बिघा जग्गा अधिग्रहण गरेर बाहिरका उच्च पदस्थ नागरिकलाई बसोबास गराउनका निम्ति ‘आदर्श नगर’ बनाउने योजना बन्यो । यो योजनामा स्थानीय जनसमुदायको सहमति थिएन । तथापि तत्कालनी जनकपुरका अञ्चलाधीश सूर्यप्रसाद उपाध्याय, प्रमुख जिल्ला अधिकारी बाबुराम पौडेललगायतले सो निर्णय गरेको थियो ।

    घटनाका विषयमा जानकार अभियन्ता प्रफुल्लराज घिमिरेले सो निर्णयविरुद्ध केही जग्गा धनीलगायत जनकपुरका अगुवा तत्कालीन आवास तथा भौतिक योजनामन्त्री डा प्रकाशचन्द्र लोहनी कहाँ निर्णय फिर्ता लिन माग गर्दै ‘डेलिगेसन’मा जाँदा पनि कुनै समाधान ननिस्किएपछि आन्दोलन गर्नु परेको बताउनुहुन्छ । त्यो आन्दोलनको संयोजक हुनुहुन्थ्यो बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष दिगम्बर राय । रायले रासससँग भन्नुभयो, “छलफलबाट निष्कर्ष ननिस्किने र नापीका कर्मचारी तथा प्रहरी प्रशासनले जबर्जस्ती गर्न नरोकेपछि आान्दोलनको अवस्था बन्यो ।

    विसं २०४५ पुस २२ गतेपछि धरपकड बढ्न थाल्यो । त्यही क्रममा पुस २३ गते मलाई गिरफ्तार गरियो । हामीले मुआब्जा दिएर अधिग्रहणको सहमति दिनेभन्दा पनि जबर्जस्ती गर्न थालेपछि पुस २६ गते ठूलो आदोलन भयो । त्यही आन्दोलनमा तत्कालीन प्रमुख जिल्ला अधिकारीले आफ्नै अङ्गरक्षकको पेस्तोल छिनेर गोली हान्दा पाठकको निधन हुनपुग्यो ।”

    पिता रामचन्द्र पाठकका तीन छोरामध्येका कान्छा सुपुत्रका रुपमा विसं २०१५ मा धनुषा जिल्लाको बघचौरा गाविसमा पाठकको जन्म भएको थियो । हाल पाठकको सम्झनामा सहिद सत्यनारायण पाठक स्मृति प्रज्ञा–प्रतिष्ठान बनाएर उहाँको सम्झनामा विभिन्न कार्यक्रम हुने गरेका छन् ।

    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा
    केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.