• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

आफ्नो स्वार्थ पूरा गर्न मात्र राजनीति गर्ने प्रवृत्ति हावी भयो : नेता बलराम अधिकारी

  •   मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  संसदीय अभ्यास सबै देशमा आ–आफ्ना किसिमका हुन्छन् । देश सञ्चालनको जिम्मेवारी बोकेको सरकारको गतिमा यसको अभ्यास निर्भर रहन्छ । देश सङ्घीयतामा प्रवेश गरेपछि संविधानको मर्म र भावनाअनुरुप विभिन्न कानुन बनाएर लागू गर्ने विषयमा केही ढिलाइ भएको छ । संसदीय गतिविधि त्यति प्रभावकारी हुन सकेको छैन । प्रतिपक्षको हैसियतमा विधेयक ल्याउन हामीले दबाब दिइरहेका छौँ । माघ लागि सक्यो । अझै हिउँदे अधिवेशन प्रारम्भ भएको छैन ।

    आगामी संसद्मा पेस गर्न एउटा पनि विधेयक समितिबाट निष्कर्षमा पुगेको छैन । कानुनमार्फत जनताका आवश्यकता परिपूर्ति गर्न सरकारले चुस्त र छरितोसँग जुन बेगमा काम गर्नुपथ्र्याे, त्यो अनुभूति भएन । प्रतिपक्षले जनताको माग र आवाज सम्बोधन गर्न विभिन्न क्रियाकलाप अपनाउने र सरकारलाई दबाब दिनुपर्ने हो, त्यो भने हामीले गरिरहेका छौँ । प्रतिपक्षले पनि देश र जनताका हितमा सरकारसँग मिलेर काम गर्नु पर्छ । विभिन्न उद्देश्य बोकेका राजनीतिक दल मिलेर परिवर्तन ल्याएका हुँदा कसको भूमिका कस्तो रह्यो भनी हेर्ने केलाउनु पर्छ । केवल आरोपमात्रै लगाउन भएन । राजनीतिक व्यवस्था परिवर्तन भए पनि अझै पुरानै कानुन लिएर हिँड्नुपरेको छ । यसबाट मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सोचअनुसार प्रगति हुनसकेको छैन ।

    मुलुक गणतन्त्र र सङ्घीयतामा गइसकेपछि आवश्यक कानुन बनाएर जनतालाई अधिकार दिइनुपर्नेमा त्यसमा अझै कमी छ । त्यस्ता काममा शीघ्रता प्रदान गर्न प्रतिपक्षले निगरानी र दबाब दिनुपर्छ । यसरी अघि बढ्ने सिलसिलामा सहकार्य जरुरी छ । सरकार गठबन्धनको छ । एउटै पार्टीको बहुमत हुने अवस्था छैन । जनताका हितका लागि मिलेर जानुपर्छ भन्ने कोणबाट आएका विषयमा एमालेले सहकार्य गर्दै आएको छ । सहमतिका आधारमा संविधान बनाइएकाले हरेक विषय पनि सहमतिमै हुनुपर्छ । कानुन निर्माण र निर्वाह गर्नुपर्ने अरु दायित्व पूरा गर्न सहकार्यको सम्भावना प्रशस्तै छ । परिवर्तन नचाहने र सत्ता स्वार्थका लागि उब्जिएका शक्तिद्वारा पुराना दललाई विभिन्न कोणबाट बदनाम गर्ने चेष्टा भइरहेको छ ।

    हिजोका गलत क्रियाकलाप र अनियमिताको विरोध गरिँदा ‘लौ एमालेले संसद् रोक्यो’ भनेर भन्ने गरिएको छ । सुनदेखि ललिता निवास काण्ड उठाएर एमालेले सदन अवरुद्ध गरेको यथार्थ हो । यसको प्रमुख उद्देश्य जनता र देशका हितमा सरकारले सही निर्णयकासाथ पाइला चालोस् भन्ने अपेक्षा हो । अझै पनि त्यसलाई तदारुकताका साथ अघि बढाएको अवस्था छैन । सदनलाई बिजनेस दिने र सञ्चालनका लागि आह्वान गर्ने जिम्मेवारी हाम्रो होइन, सरकारको हो । सदन सञ्चालन भए अनियमितता र ढिलासुस्तीका आवाज उठाउँछौँ । सिद्धान्त र व्यवहार एक सिक्काका दुई पाटाजस्तै हुन् ।

    सिद्धान्तलाई व्यवहारमा ढाल्ने क्रममा देशको स्थिति र चेनताको स्थिति तथा सरकारका संरचनामा भरपर्छ । परिवर्तन एउटै पार्टीले गराएको होइन् । जनताले एउटा दललाई मात्र सरकार चलाउ भनेर जनादेश दिएका छैनन् । सबै राजनीतिक दलको लक्ष्य, उद्देश्य र व्यवहार फरक भएकाले कसरी अघि बढ्ने भन्नेमा विभिन्न टीकाटिप्पणी उठेका हुन् । नेपालीले छिटो परिवर्तनको अपेक्षा गर्छन् । हामीले पञ्चायत, बहुदल र गणतन्त्रपछिका विकासको अवस्थालाई हेर्नुपर्छ । अहिले हुँदै भएन भनिन्छ । यसबीचमा शिक्षा, स्वास्थ्य, सञ्चार, यातायातका क्षेत्रमा भएका परिवर्तनलाई कम आँक्न मिल्दैन । असीमित आवश्यकता र अपेक्षा पूरा गर्न भने सकिएको छैन । व्यवस्थितरूपले परिचालित भई इमान्दारीपूर्वक जाने र नीति–नियम बनाउने हो भने छोटै समयमै केही गर्न सकिन्छ । प्रमुख राजनीतिक दल कुनै न कुनै समय सत्तामा गइसकेका छन् ।

    उनीहरुले कुन काम, कसले गरे भनी सञ्चारजगत्, सर्वसाधारण र बुद्धिजीवीले विश्लेष्ण गरी सही कुरा प्रवाह गर्नुपर्छ । सबैलाई सोलोडोलोरूपमा हेरिनुहुन्न । दुईखाले निर्वाचन प्रणाली र समावेशी सिद्धान्तलाई आत्मसात् गरिएको हुनाले एउटै दल विशेषको बहुमतको सरकार बन्न सक्ने अवस्था रहेन । समानुपातिकलाई कसरी लैजाने र राजनीतिक स्थिरता कायम गर्ने भन्ने कुरा पनि अहिले चर्चामा छ । पार्टी खोलेपछि सरकारमा जान, बार्गेनिङ गर्न, तालमेल गरेर चुनाव लड्न पाइने भएपछि स्वार्थ रहेका र परिवर्तन नचाहने विभिन्न समूह प्राप्त उपलब्धि उल्टयाउन सक्रिय छन् । सो समूहले सरकार र प्रमुख दलविरुद्ध भ्रम फिजाउन खोजेका छन् । हामीले उनीहरूले लगाएका आरोपलाई चिर्न सबै क्षेत्रबाट निगरानी गर्नुपर्छ ।

    मुलुकको विकास र समृद्धिका लागि परिवर्तनकारी शक्तिबाट भएका पहल र प्राप्त उपलब्धिको तुलनात्मक अध्ययन जरुरी छ । अहिले सतहीमा उर्फने र स्वार्थ पूरा गर्न चिच्याउने प्रवृत्ति देखिएको छ । आम जनतामा अपेक्षा बढ्नु र आकाङ्क्षा पलाउनु राम्रो भए पनि उपलब्ध स्रोत साधनको अवस्था पनि हेर्न जरुरी छ । मेरो निर्वाचन क्षेत्र कपिलवस्तुको प्राथमिकता खेतीपातीका लागि सिँचाइ र मलखाद नै हो । शिक्षा र स्वास्थ्य पनि उत्तिकै प्राथमिकतामा छन् । जनता सम्पन्न नभई देशले विकास र समृद्धि हासिल गर्न सक्दैन । नेपालको पर्यटकीय क्षेत्रलाई अघि बढाउने हो भने कपिलवस्तुलाई खुला पर्यटकीय सङ्ग्रहालय क्षेत्र बनाउनुपर्छ । यहाँ बुद्धसँग सम्बन्धित दुई सय ठाउँ कपिलवस्तुमै छन् । कपिलधाम, लक्ष्मणघाट, शिवगढीलगायतका थुप्रै प्रसिद्ध धार्मिकस्थल छन् ।

    ती सबैलाई मिलाएर खुला सङ्ग्राहलय बनाउनुपर्छ । यसले राज्यलाई आर्थिकरूपमा समेत ठूलो टेवा पुग्छ । जनतामा बढको अपेक्षा र आकाङ्क्षाले युवा तथा विद्यार्थीलाई विदेश पलायनमा प्रोत्साहित गरेको छ । यसमा अभिभावकको दृष्टिकोण र भावना, आर्थिक स्थिति, विदेशी र नेपाली मुद्राको सटही स्थितिले पनि मलजल गरेको छ । नेपालमा केही दुःख नगर्ने बाहिर जे गर्न पनि तयार हुने हाम्रो बानी छ । रोजीरोटीकै समस्याले पनि कतिपयलाई विदेश जान बाध्य तुल्याएको छ । नेपालको संस्कृति र सभ्यताप्रति विश्वकै आकर्षण छ । बरु थोरै खाएर र थोरै प्राप्ति गरेरै भए पनि यही काम गर्छु भन्ने भावना सबै तह र तप्कामा जागृत हुनुपर्छ । नियम, कानुन त्यही किसिमका र नेतृत्वमा पनि देशको हितमा बोल्ने आँट हुनुपर्छ । त्यसो भएमा समस्या समाधान हुने र नेपाली यही बस्ने वातावरण बन्छ भन्ने लाग्छ ।

    (सांसदसँग रासस संवादका लागि नेकपा (एमाले) का सांसद अधिकारीसँग उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानी । विसं २०३३ देखि एमालेको विद्यार्थी राजनीतिमा लाग्नुभएका सांसद अधिकारी अहिले कपिलवस्तु निर्वाचन क्षेत्र नं १ बाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्नुहुन्छ । उहाँ २०५० सालदेखि २०७९ सम्म एमाले कपिलवस्तुको प्रमुख रहनुभयो । सांसद अधिकारी २०७० सालदेखि २०७७ सम्म अञ्चल प्रदेश कमिटी, २०७८ सालदेखि एमाले केन्द्रीय सदस्य तथा एमाले कपिलवस्तुको इन्चार्जको जिम्मेवारीमा रहनुभयो । विसं २०५६ र २०६४ मा क्रमशः क्षेत्र नं ३ र १ बाट सांसदको उम्मेदवार बन्नुभएका नेता अधिकारी २०७० सालमा संविधानसभा सदस्य हुनुभयो ।)

    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा
    केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.