काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्माण सम्पन्न नहुँदै उद्घाटन गर्ने कार्यलाई भ्रष्टाचारभित्रै राख्न माग गरेका छन् । उद्घाटन भएको करिब तीन वर्ष हुँदा पनि धरहराको निर्माण सम्पन्न नभएको भन्दै उनले निर्माण सम्पन्न नभइ उद्घाटन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यसलाई भ्रष्टाचारभित्रै राख्न प्रस्ताव गरेका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब तीन वर्ष अगाडि धरहराको उद्घाटन गरेका थिए । तर यसको निर्माण कार्य हालसम्म पनि सम्पन्न भएको छैन ।
मेयर बालेनले साेमबार सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै भने धरहरको अन्डरग्राउन्ड पार्किङमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा ‘धरहरा निर्माण हुँदै छ । पार्किङ बन्द गर्नु’ भनि प्रत्र आयाे ।








