• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ आजदेखि सुरु

  •   मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार एक सय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ सुरु भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सैनिक मुख्यालय टुँडिखेलमा आयोजित विशेष समारोहमा उक्त तालिमको उद्घाटन गर्नुभयो ।

    शान्ति स्थापना मिसनमा सहभागी हुने फौजको पेसागत दक्षता, आपसी समन्वयात्मक क्षमता अभिवद्धि सुनिश्चित गर्ने उद्देश्यले आयोजित तालिम काभ्रेस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखाल सञ्चालन हुनेछ ।

    संयुक्त राज्य अमेरिका ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोग एवं नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा अभ्यास सञ्चालन भएको हो ।

    नेपालमा सन् २००० मा पहिलोपटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो । त्यस्तै, सन् २०१३ र सन् २०१७ मा यस अभ्यासका दोस्रो तथा तेस्रो संस्करणका अभ्यास सञ्चालन भइसकेका छन् । यस पटकको अभ्यास फागुन २१ गतेसम्म सञ्चालन हुनेछ ।

    अभ्यासबाट शान्ति स्थापनामा देखापरेका चुनौतीबारे सहभागी राष्ट्रका सैनिकबीच अनुभव आदानप्रदानका साथै चुनौती सामना गर्न आवश्यक क्षमता एवं समान व्यावसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

    तालिम उद्घाटन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वशान्ति प्रयासका लागि संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय सहभागितालाई महत्व दिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली सेनाले शान्ति मिसनमा समावेशी संग्लनतालाई प्राथमिकता र महत्व दिँदै आएको छ, शान्ति स्थापनाका हिसाबले अति संवदनशील गोलनहाइटदेखि अफ्रिकाको सहारा मरुभूमिसम्म पुगेर देखाएको बहादुरीलाई विश्वले प्रशंसा गरेको छ । हाम्रो विश्वशान्तिमा लामो अनुभव र ऐतिहासिक उपस्थिति छ ।”

    अमेरिकको राजनीतिक तथा सैन्य मामिला ब्यूरोकी योजना तथा कार्यक्रमसम्बन्धी उपसहायक विदेशमन्त्री रेचल शिलर सिलरले अमेरिकाले विश्वशान्ति र सुरक्षामा संलग्न देशलाई क्षेत्रीय शान्तिका सन् २००५ देखि हालसम्म डेढ अर्ब डलर खर्च गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका तुलनामा शान्ति मिसनमा शान्ति सुरक्षाकर्मीप्रति बहुआयामिक सुरक्षा चुनौती बढ्दै गएको छ । अमेरिका शान्ति मिसनको प्रभावकारिता बढाउन कटिबद्ध छ ।”

    नेपालका शान्ति स्थापनाप्रतिको प्रतिबद्धताका कारण आज हामी यहाँसम्म आइपुगेको बताउँदै उहाँले नेपालको शान्ति कायम गर्ने कार्यमा उत्कृष्ट उपलब्धिका लागि प्रशंसा गर्न चाहन्छु भन्नुभयो ।

    सो अवसरमा नेपाली मौलिकता झल्कने भेषभूषासहितको गीत–सङ्गीत र नृत्य प्रस्तुत गरियो भने जीवित देवी कुमारीको झझल्को दिने संस्कार र संस्कृति प्रस्तुत गरियो ।

    नेपाली सेनाको हेलिकोप्टरले समारोहमा पुष्पवृष्टिसहित अभ्यास शान्ति प्रयास चार लेखिएको ब्यानर हेलिकोप्टरबाट प्रदर्शन गरियो । नेपाली सेनाको एक टुकडीले त्यस अवसरमा सैनिक ब्यान्ड सो अवसरमा प्रस्तुत गरिएको थियो । समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव डा बैकुण्ठ अर्याल, रक्षासचिव किरणराज शर्मालगायत सहभागी हुनुहुन्थ्यो ।

    अभ्यासका क्रममा स्थलगत परिचालन, कार्यालयसम्बन्धी काम र अनुभव आदानप्रदानसम्बन्धी विषय सञ्चालन हुनेछ । संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा नेपालको ६५ वर्षदेखि दर्विलो साथ र सहयोग रहँदै आएको छ ।

    नेपालले कुनै गुट वा उपगुटमा संलग्न नभई राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति सेना उपलब्ध गराउने सिलसिलामा संयुक्त राष्ट्रसङ्घको झन्डामुनि मात्र जाने राष्ट्रिय नीति अवलम्बन गरेको छ ।

    सन् १९४५ अक्टोबर २४ राष्ट्र सङ्घको स्थापना भएकामा नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको थियो । नेपालले सन् १९६९–१९७० र सन् १९८८–१९८९ मा दुईपटक राष्ट्रसङ्घको शक्तिशाली सुरक्षा परिषद्को अस्थायी सदस्यको भूमिकासमेत सफलतापूर्वक निर्वाह गरिसकेको छ । राष्ट्रसङ्घको शान्ति सहायता अभियानमा नेपाली सेनाको सहभागिता साढे छ दशकभन्दा बढीको छ ।

    सन् १९५८ मा लेवनानमा पाँच सैनिक पर्यवेक्षकको तैनाथबाट सेनाको राष्ट्र सङ्घ शान्ति सहायता अभियानसँगको सहकार्य सुरु भएको हो । नेपाल तत्कालीन समयदेखि नै राष्ट्रसङ्घका अधिकांश शान्ति ‘मिसन’मा सक्रिय सहभागी हुँदैआएको छ ।

    यस अवधिमा लगभग ४४ मिसनमा एक लाख ६७ हजार नेपाली शान्ति फौजले भाग लिइसकेका छन् । त्यसमध्ये नेपाली सेनाको सङ्ख्या एक लाख ४९ हजार आठ सय ९० रहेको छ । नेपाली शान्ति सैनिकको कर्तव्यप्रति निष्ठा र उत्कृष्ट कार्यसम्पादनको राष्ट्रसङ्घलगायत निकायबाट उच्च प्रशंसा हुँदै आएको छ । शान्ति स्थापनार्थ खटिएका नेपाली सैनिकले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन जिम्मेवारी बहन गर्दै आएका छन् ।

    विश्व शान्ति स्थापनामा संलग्न हुने सिलसिलामा हालसम्म ७३ नेपाली शान्ति सैनिकको वीरगति प्राप्त गरेका छन् भने ६८ जना घाइते भएका छन् । शान्ति सैनिक खटाउने मुलुक सूचीमा नेपाल हाल पहिलो वरियतामा भएको राष्ट्र हो । महिला सैनिक खटाउने सूचीमा पनि नेपाल यसअघि नै पहिलो नम्बरमा रहिआएको छ ।

    विश्वका १२ मिसनमा हाल छ सय ३२ महिला सुरक्षाकर्मीसहित छ हजार एक सय ३१ सुरक्षा फौज तैनाथ छन् । त्यसमध्ये नेपाली सेनाको सङ्ख्या पाँच हजार आठ सय ८५ रहेको छ । राष्ट्रसङ्घको आह्वान भएको खण्डमा नेपालले शान्ति कार्यमा दश हजारसम्म तालिम प्राप्त शान्ति सेनालाई परिचालन गर्न सकिने प्रतिबद्धता यसअघि नै जनाइसकेको छ ।

    राष्ट्रसङ्घले नेपालमा भएको दशवर्षे सशस्त्र द्वन्द्व समाधानका लागि नेपालस्थित संयुक्त राष्ट्र सङ्घीय मिसन (अनमिन) पठाएरसमेत सहयोग पुर्‍याएको थियो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.